२ धारामा बजारै निर्भर

२ धारामा बजारै निर्भर

दैलेख, (रामघाट) – धन्यै २ सय घरधुरीका परिवारले कति धारामा पानी पिउने गलार्न ? तपाईको उत्तर २०,३०,५० हुन सक्छ तर, दैलेखको पश्चिममा रहेको कर्णाली राजमार्ग अन्र्तगल पर्ने रामाघाट बजारमा भने दुई घारामा बजार निर्भर रहेको छ । सरकारी सुविधा नपाउदा बषौदेखी त्यहाँका स्थानिय ब्यवसायीहरु दुईटा धाराको भरमा निर्भर हुन बाध्य भएका हुन् ।

रामाघाट बजारमा रहेको धारामा पानी पिउँदै
रामाघाट बजारमा रहेको धारामा पानी पिउँदै

रामाघाटका होटलहरु दिनँहु खचाखच भनिने गरेपनि खानेपानी अभावका कारण होटल चलाउन गाह्रो भएको ब्यवसायीको भनाई छ । बजारका धन्यै २ सय घरले दुई घाराको पानीमा निर्भर हुनुपरेको छ । दुईटा मात्र धारा भएकाले कहिले काही पानी भर्नेे पालो पाउन निकै गाह्रौ हुने स्थानिय ब्यवासायी बताउँछन् ।
नजिक खानेपानीको मुल नभएकाले स्थानिय ब्यवसायीले वालुवामुनी गहिरो खाल्टो खनेर धारा (हेन पम्प) बनाएका छन् । हेन पम्पबाट धन्नै दुई सय घरधुरीका करिव एक हजार भन्दा बढी परिवारका सदस्य तथा बाहिरबाट बासबस्न आएका ग्राहकहरुले खानेपानी उपभोग गरेका छन् । बजारका ब्यवसायीहरु मिलेर हेन पम्पबाट खानेपानीको जोहो गरेका हुन् ।
विहान ४÷५ बजेदेखी पानीभर्नेको लाईन लाग्ने गरेको छ । सरकारको उपस्थिति नहुँदा अहिलेसम्म रामाघाटबासीले खानेपानीको योजना पाउन सकेको छैनन् । खानेपानीका परियोजना अहिलेसम्म संञ्चालन नहुँदा मर्कामा परेको स्थानिय होटल ब्यवसायी नैनबहादुर शाहीले ज्वाला सन्देशसंग गुनासो गरे । उनले भने, “सयौं यात्रुहरु खाना, नास्ता खानको लागि आउँछन् तर स्वच्छ पिउने पानी पु¥याउन निकै गाह्रो हुन्छ ।” अर्का होटल ब्यवसायी विर बहादुर शाहीले भने, “खानेपानी ल्याउन सके निकै सहज हुने थियो तर, प्रत्येक वर्ष जिल्लामा गएर भने हाम्रो समस्या भने पनि सुनुवाई हुँदैन् ।”
कहिलेकाँही धारा विग्रीएपछि बजारबासीले खोलाको दुषित पानी खानुपर्ने बाध्यता रहेको स्थानिय जिवन थापाले बताए । खानेपानीको समस्या लिएर जिल्ला विकास समिति, खानेपानी सव डिभिजन कार्यालय लगायत खानेपानी सम्वन्धी काम गर्ने कार्यालयमा वर्षेनी निवेदन दिएर घच्घचाई रहेपनि अहिलेसम्म समस्या कसैले पनि नसुनेको रामाघाटबासीले गुनासो गरेका छन् । स्थानिय निकायको रुपमा रहेको गाउँ विकास समितिमा आउने रकमहरु बाटो निर्माण र विद्यालयमा शिक्षकको तलव भत्तामा खर्च भैरहेको भएपनि रामाघाट बजारमा खानेपानीको कुनै योजना नपारिएको आरोप स्थानियको रहेको छ । दैलेखको सात्तला गाविस र लयाटीविन्द्रासैनी गाविसको विचमा यो दैलेखकै ब्यापारीक केन्द्र मध्य रामाघाट बजार पनि एक मानिन्छ ।
क्याप्सन ः रामाघाट बजारमा रहेको धारामा पानी पिउँदै ।

प्रतिक्रिया