परिवर्तन हुँदै समुदाय

परिवर्तन हुँदै समुदाय

दैलेख – भौगोलिक दृश्टिकोणले रमण्ीाय, बहुजातीय, बहुसंख्यक तथा विभिन्न भेषभुषा रहेको सल्लेरी गाविसका स्थानीय समुदायहरु परिवर्तन हुन थालेका छन् । गाँउमा सामुदायिक संस्था गठन भएको लामो समयपछि उनीहरु परिवर्तन भएका हुन् ।
७ सय ७३ घरधुरी रहेको सल्लेरीमा आर्थिक वर्ष ०६३÷६४ सालबाट गरिवी निवारण कोषको आर्थिक सहयोगमा सुरु गरिएको विभिन्न आर्यआजनमुलक कार्यक्रमले यहाँका समुदायहरुमा परिवर्तन आएको हो । सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखको सहजिकरणमा संचालित एकिकृत सामुदायिक विकास परियोजना अन्र्तगत सल्लेरी विभिन्न अतिविपन्नवर्गहलाई मध्यनजर गरी आयआर्जन क्रियाकलाप गरिएको हो । यहाँ गठन भएका १९ वटा सामुदायिक संस्था र ३ वटा भौतिकपुर्वाधारको कार्य सम्पन्न भईसकेको तथा ३ भौतिकपूर्वाधारको कार्य निर्माणधिन रहेको जनाईएको छ ।
गाविसमा १९ वटा सामुदायिक संस्थाको नियमित मासिक वैठक र मासिक वैठकमा घुम्तिकोष असुलि, व्याजअसुलि, व्याजहर्जनालाई निरन्तर चलाई आफनो व्यवसायलाई थपगर्दै अगाडि वढि आर्थिक विकासमा जोड दिईरहेको समाज सुधार सामुदायिक संस्थाकी कोषाध्यक्ष अमृता रानामगरले बताईन् । उनी भन्छिन ः “गरीवी निवारणले आर्थिक विकासलाई मात्र, विकास नगरी ज्ञान, सिप, र क्षमता पनि अभिवृद्धिले धेरै सहज भएको छ ।्” प्रत्येक मासिक वैठकमा, सदस्यहरुले आफुले जानेको सिप अन्य सदस्यहरुलाई हस्तान्तरण गर्ने गरेको रानाले बताईन् । सामुदायिक संस्थाको मासिक वैठकमा सहभागी भए पश्चात महिला दिदिवहिनीले वैठक बस्दा र आफनो घर तथा वैठकमा वस्ने चटाई, गुन्द्रि वुन्ने सिपको पनि विकास भएको रानाले बताईन् । बोल्न पनि लगाउने महिलाहरु एकिकृत भएर बैठकमा आफ्ना धारणाहरु राख्न थालेसगै क्षमता विकास पनि भएको समाज सुधार सामुदायिक संस्थाकी अध्यक्ष सरिता रानाले बताईन् । उनीहरुले क्षमता विकास मात्रै हाईन् आर्थिक विकासका लागि निकै राम्रो प्रयास गरिरहेका छन् । जसका लागि समृद्ध गाँउ बनाउन महिलाहरु लागि परेका छन् । सवै महिलाहरुको सहयोगमा खुल्ला दिशामुक्त र खुल्ला धुवा रहित गाविस घोषणा गरिसकेका छन् ।

प्रतिक्रिया