वालवालिकालाई भित्ते लेखन तालिम

वालवालिकालाई भित्ते लेखन तालिम

ज्वाला सन्देश सम्वाददाता
दैलेख  वांसी र बडाखोला गा.वि.स.मा रहेका बाल संजालका सदस्यहरु विचमा बाल भित्ते पत्रिका लेखन तालिम सम्पन्न भएको छ । Wall Magegine
ए.इ.आइ. लक्जम्वर्ग,टी.डी.एच जर्मनीको सहयोगमा र सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल, दैलेखको आयोजनामा वांसी गा.वि.समा रहेको सुन्दर बाल संजालका २१ जना सहभागीहरु विचमा ०७२ मंसीर ७ मा वांसीमा र ज्वाला बाल संजालका २३ जना सहभागीहरु विचमा ०७२ मंसीर ९ मा वडाखोला गा.वि.स.मा छुट्टा छुट्टै १,१ दिनको बाल भित्ते पत्रिका लेखन तालिम सम्पन्न भएको छ । संजालका सदस्य लगायत अन्य वडाका क्लव स्तरिय सदस्यहरुको पनि सहभागिता रहेको थियो । तालिमको सहजिकरण सामाजिक सेवा केन्द्रका कार्यक्रम संयोजक दुर्गा गिरीले गर्नुभएको थियो । तालिम स्थानिय स्तरमा भएका घटनाहरुलाई समाचार लेखन सिप विकास गर्न, बाल संजालले प्रकाशन गरिरहेको बाल भित्ते पत्रिका नियमित रुपमा प्रकाशन गर्न र बालबालिकामा रहेको श्रृजनात्मकता विकास गर्नको लागि संचालन गरिएको कुरा सामाजिक सेवा केन्द्र (सोसेक) दैलेखका अध्यक्ष मञ्जु खड्काले वताउनु भयो ।

दैलेख जिल्लाका वाँसी, वडाखोला र विन्दावासिनी गाविसका गाविस स्तरिय वाल संजाललले वगत ३ वर्ष देखि मासिकरुपमा भित्ते पत्रिका प्रकासन गर्दै आएको कुरा सोसेकका सचिव नैन वहादुर शाहीले वताए ।

प्रतिक्रिया