दैलेखमा अँझै “कटुवाले प्रथा”

दैलेख – अचेल गाँउगाँउमा मोवाईलदेखी ईन्टरनेट चलाउनेको सख्या दिनप्रतिदिन बढ्दैछ । यूवादेखी वृद्ध÷वृद्धा सवैको हातहातमा मोवाईलमै ब्यस्त भईरहेको हाम्रो गाँउघरमा संचार नहुँदा प्रयोग गरिने कटुवाले प्रथा हिजो आजसम्म पनि कायमै रहेको छ । पुर्खादेखि नै गाँउघरहरुमा चल्दै आएको कटुवाले प्रथा निरन्तर चलिरहेको बाँसी गाविस सचिव विष्णुप्रसाद जैसीले बताए । अहिले पनि बाँसी लगायतका गाविसहरुमा केही कार्यक्रम वा नयाँ खाले जानकारीहरु भए दमाह बजाँएर कटुवालेले सवैले सुन्ने गरी डाँडाँबाट सवैलाई एकैसाथ ठुलो आवाजमा बोल्ने गर्दछ ।

फोन÷ईन्टरनेट मानिसहरुका हातहातमा भएपनि कटुवालेले बोलेझै प्रभावकारी नहुँने बाँसीका स्थानीय रमेश दशैंदींले बताए । łकहिले फोन लाग्दैन् लागे पनि ब्यत्तिपिच्छे गर्दा पैसा खर्च उस्तै हुन्छ । “शैंदीले भने, एकै पटक गाँउभरका मानिसहरु कहाँ केके भएको छ र नयाँनयाँ खवर के छ भनेर सजिलै थाहा पाउँछन् ।” बावु रतन कार्मी बुढो भएपछि कलिलै उमेरदेखी बाँसी र आसपास कटुवालेका रुपमा काम गरेका बाँसी – ६ भैरवस्थानका भिमे कार्मी अहिले ५२ वर्षका भए । पंञ्चायतकालबाटै कटुवालेका रुपमा काम गरेका भिमे कार्मी अहिलेसम्म पनि दमाह बजाँउदै बाँसीका अग्ला अग्ला डाँडाँहरु सवैलाई एकै साथ सुचना दिने गर्दछन् । विगतमा कटुवालेको प्रभावकारी भुमीका हेरेर गाँउभरिका घरहरुबाट माना÷पाथीका दरले सिर्जन अनुसारको अन्नहरु उठाएर दिने परम्परा अँझै पनि कायम रहेको कटुवाले कार्मीले बताए ।
łगाँउघरमा नयाँनयाँ सुचनाका प्रविधिहरु आएपनि कटुवाले प्रथा प्रभावकारी रुपमा लिईन्छ । “कटुवाले भिमे कार्मीले भने, पहिले कटुवाले गर्दा माना÷पाथी मात्र पाईन्थ्यो अहिले सवै मिलेर तलव समेतको ब्यवस्था गरेका छन् ।” दिउँसो कम सुन्ने भएकाले उनले विहान र बेलुका डाँडाँमा गएर सवैलाई सुचना दिने गर्दछन् । उनले गाविसदेखी स्वास्थ्य र वन समितिका भेला तथा अन्य कार्यक्रमहरुको बारे सुचना दिने गर्दछन् । बाँहुनडाँडाँ, रोकाडाँडाँ, उच्चमावि, सवकोट, खम्व डाँडाँ, पारुलीआवत लगायतका स्थानबाट कार्मीले कटुवाले गर्दछन् । उनले गाविसका विभिन्न ठाँउबाट बोलेको सुचना आसपासका गाविसदेखी नारायण नगरपालिकाको २ नम्वर वडामा समेत सुनिने बताए । उनलाई कटुवाले गरे वापत गाँउ परिषद्बाटै २ हजार, स्वास्थ्य चौकीबाट १ हजार र वन समितिले ५० रुपैँया मासिक दिने समेत ब्यवस्था मिलाईएको छ ।
प्रतिक्रिया