कृषि बजार- नविन याेगी

          |   प्रकाशित मितिः सोमवार, मंसिर १४, २०७२     ::: 1092 पटक पढिएको   |  

हाम्रो देसको आर्थिक विकासको मेरुदण्ड नै कृषि भएकोले सो क्षेत्र मानब्ीय जिवीको पार्जनका साथै राष्ट्रिय उत्पादन विदेशी विदेशी ब्यापार र वीदेशी मुद्र आर्जनमा ज्यादै महत्वपुर्ण क्षेत्रको रुपमा लिईन्छ । कृषि निर्वाहम्खी मात्र नभएर बजारमुखी हुन आवश्यक हुन्छ । त्यसैले बजार कृषि उत्पादनको अभिन्न पक्ष हुन्छ । कृषिसंग सम्बन्धीत जस्तै खाद्यान्न उत्पादन नगदे बाली उत्पादन पशुपंक्षि पालन माछा पालन तथा फलफुल उत्पादन जस्ता कुराबाट उत्पादीत बस्तुहरु खरीद विक्री यातायात भण्डार स्तरीकरण नामाकरण विज्ञापन जोखीम नहुनु बजार हो । अनुसन्धान विद व्यवस्थापन जस्ता कुराहरु बजार प्रक्रिया अन्र्तगत रहन्छन भने खेत र फर्म बाट खाद्यबस्तु तथा कृषि बस्तुहरु प्रयोग कर्ता तथा अन्तिम उपभोक्ता सम्म प्रभावीत हुन्छन । कृषि संग सम्बन्धीत बजार व्यवस्थापन लाई कृषि बजार शास्त्र भनीन्छ । बजार शास्त्रमा कृषि बस्तुका क्रेता र बिक्रेता विच आपसी अन्र्तक्रिया हुन्छ । खरीद बिक्री भित्र गरीने कृषि कार्यहरु कृषि बजार शास्त्र भित्र पर्दछन । कृषि बजार व्यवस्थीत भएमा कृषि उपज वृद्धि हुन्छ । कृषि उपज वृद्धि हुन सकेको खण्डमा बिदेश निर्यात गरी विदेशी मुद्रा आर्जन गरी राष्ट्रिय आयमा समेत वृद्धि हुन जाने कुराको दुईमत हुदैन । त्यसैले कृषि बजारलाई म¥यादीत र व्यवस्थीत गराउनु आजको आवश्यकता हो । नेपालमा कृषि बजारका समस्याहरु
१. यातायातको समस्या
२. भण्डारणको अभाव
३. स्तरीकरण श्रेणीकरण को अभाव
४. ग्रामीण बजारको अभाव
५.मध्यस्तकर्ताहरुको प्रधानता
६. नापतौलका साधानको एकरुपता नहुनु
७. भिन्न गुणस्तर
८. संगठीत बजारको अभाब
९ कमजोर बजार व्यवस्थापन
१० विज्ञापन तथा सुचनाको अभाव

नेपालमा संचालीत बजार
१. सटही बजार (प्रथा) ः यो अतिविकट पहाडी क्षेत्रमा गरीने चलन हो । जहाँ यातायातको सुबीधा हुदैन त्यस्ता ठाउमा कुनै किसीमका व्यापारी पनी पुग्दैनन । र कृषकले उत्पादीत सामाग्रीहरु स्वयम आफनो जिवीको पार्जनको लागी आवश्यक समाग्री संग साटेर आफना आवश्यकता पुरा गर्ने गर्दछन । यसमा उतपादक र उपभोक्ता हरु विचको सहमती बाट दरले निर्णय गर्ने काम गरीन्छ ।
२. स्थानीय बजार ः उत्पादन हुने क्षेत्रका वरपर किनबेच स्थानीय बजार हाट बजार वा सामान्य स्थानमा गर्ने गरीन्छ । यस्तो बजारमा उत्पादकले उपभोक्ता लाई सोजै बेच्दछ । वा उत्पादकले स्थानीय ब्यापारीलाई थोक विक्री गर्छ । तथा उत्पादकले संकलन कर्तालाई हाट बजारमा बेच्दछ ।
३. संकलन बजार ः यस्तो बजरा अति महत्वपुर्ण व्यापार केन्द्र हुन । यस्ता बजार उत्पादक र उपभोक्ताको पायक पर्ने क्षेत्रमा खोलीएको हुन्छ । यस्ता बजारमा मुल्य निर्धारण आपसी छलफलबाट नै हुन्छ ।
४. थोक वा मुख्य बजार ः यस्ता बजारहरु देसका मुख्य मुख्य शहरहरुमा रहेका हुन्छन । यिनीहरुले उत्पादीत सामान साना व्यापारी दालाल वा सोझै कृषक बाट खरीद गरी स्टक राखेर माग भएका क्षेत्रमा विक्रि गर्ने गर्दछन । यसको मुल्य निर्धारण आपसी छलफल मागको आधारमा जुनसुकै तरीकाबाट पनी गर्दछन ।

कृषि बजारमा समस्या समाधान गर्ने उपायहरु

  1. सडक यातायातको विकासलाई जोड दिन पर्छ जसका कारण स्थानीय बजार संगठीत हुन्छ र स्थानीय बजार र सहरी बजारको सम्पर्क कायम हुन्छ ।
    २. नेपालका कृषक गरीब हुने भएकाले गोदामको व्यवस्था गर्न सक्दैनन । त्यसकालागी सरकारले आवश्यकता हेरी गोदामको निर्माण गरीदिनु पर्दछ ।
    ३. कृषि उत्पादन बस्तुको स्तरीकरण र श्रेणीकरण हुने उत्पादककै तहबाट बस्तुको स्तरीकरण र श्रेणीकरण हुनुपर्दछ । त्यसका लागी किसानहरु लाई आवश्यक पूर्वाधार पु¥याउनु पर्दछ ।
    ४. ग्रामीण कृषि बजारको अभाव छ जसका लागी विकास गर्ने बजार संयन्त्रको लागी आवश्यक पर्ने अन्य सहयोगी संस्थाहरुको पनी स्थापना गर्नुपर्दछ ।
    ५. कृषि उत्पादनमा कृषकहरुको नै प्रधानता हुनुपर्दछ । कृषि बजारमा मध्यस्त कर्ताहरुको प्रधानता रहेको पइएको छ । त्यस्तो परीपाटीको अन्त्य गर्नुपर्दछ ।
    ६. नापतौलका सामाग्रीको एकरुपताको लागी सरकारले विशेष ध्यान दिनुपर्दछ ।
    ७. कृषि बस्तु तथा उत्पादनको प्रभावकारी विज्ञापन तथा प्रचार प्रसार हुनुपर्दछ ।
    ८. व्यवस्थीत बजार व्यवस्थापन हुनपर्दछ ।
    ९.कृषि उत्पादन र वितरण प्रणालीलाई संगठीत बनाउनु पर्दछ ।
    १०. सरकारले कृषि विकास तथा कृषि बजार विकासका लागी तत्कालीन र दिर्घकालीन योजना बनाई लागुगरी बेलाबेलामा अनुगमन तथा निरीक्षण गर्नुपर्दछ।अन्त्यमा देसको मेरुदण्डको रुपमा रहेको कृषिलाई योजना निती र कार्यक्रममा मात्र सिमित नराखी कार्यान्वयन पक्षमा समेत लिई देसको गरीबी बेरोजगारी जस्ता समस्यालाई सम्बोधन गर्न सके देसको विकास अग्रगतीकासाथ अगाडी बढने कुरामा दुईमत रहने छैन ।

लेखक सामाजिक सेवा केन्द्काे सेड पीमा कायरत हुनु हुन्छ



Leave a comment

Your email address will not be published.


*