मध्यपश्चिम क्षेत्रीय लघु उद्यम प्रदर्शनि तथा ब्यापार मेला दैलेखमा हुने

मध्यपश्चिम क्षेत्रीय लघु उद्यम प्रदर्शनि तथा ब्यापार मेला दैलेखमा हुने

आत्मनिर्भर र स्वरोजगारयुक्त समाज तथा स्थानीय स्तरमा खेर गईरहेका कच्चा पदार्थहरु प्रसोधन गरि बजारीकरण गरिरहेका कार्यालय र संघ÷सस्थाहरुको संयुक्त आयोजनामा दैलेखमा मध्यपश्चिम क्षेत्रीय लघु उद्यम प्रदर्शनि तथा ब्यापार मेला गर्ने तयारी भईरहेको छ । जिल्ला लघु उद्यमी समूह संघ,दैलेख,घरेलु तथा साना उद्योग विकास समिति,दैलेख र एभरेष्ट क्लब दैलेखको संयुक्त आयोजनामा पुस १५ देखी १८ गते सम्म मेलाको आयोजना गर्न लागिएको हो ।
तीनवटा कार्यालयहरुको सोमबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । सो बैठकले मध्यपश्चिम क्षेत्रीय लघु उद्यम प्रदर्शनि तथा ब्यापार मेला भब्यताका साथ सम्पन्न गर्नका लागि घरेलु तथा साना उद्योग विकास समिति,दैलेखका कार्यालय प्रमूख परशुराम आचार्यको संयोजकत्वमा ९ सदस्य मूल समिति गठन गरेको छ । यसै गरी सदस्य सचिवमा टेकराज आचार्य र सदस्यहरुमा कविराज खत्री, सुमित्रा थापा मगर, दिपक के.सी., कूलबहादुर नेपाली रहनु भएको छ ।
उक्त मेलामा १५ जिल्लाका उद्यमी र उनीहरुले उत्पादन गरेका वस्तुहरु समावेश गराउने, दैलेखका लघु,घरेलु उद्यमीहरुले उत्पादन गरेका वस्तुहरु प्रर्दसनि गर्ने तयारी भईरहेको छ । यसका साथै जिल्लाका लोपउन्मूख कला सँस्कृतीको झाँकी प्रदर्शनि गर्ने, देउडा तथा दोहोरी गित प्रतियोगिता गर्ने, दैलेखका पुराना वस्तुहरुको प्रदर्शनी गर्ने र पुरस्कार दिने, स्थानीय तथा राष्ट्रिय कलाकारहरुद्वारा विभिन्न साँस्कृतिक कार्यक्रमहरु प्रस्तुत गर्ने तयारी भईरहेको छ ।
मेलाको उद्घाटन गर्नका लागि उद्योग मन्त्रि,संघीय मामिला तथा स्थानीय विकास राज्य मन्त्रि,जिल्लाका सांसदहरुलाई आमन्त्रण गर्ने,सोही दिन जिल्लाका लोप उन्मूख कला सँस्कृतिहरुको झाँकी प्रस्तुत गर्ने,जिल्लाका लघु उद्यमीहरुलाई उद्घाटन सत्रमा उपस्थित गराउने निर्णय भएको छ । यदि क्षेत्रीय स्तरको तयारी हुन नसकेको खण्डमा जिल्ला स्तरको गर्ने र यो प्रदर्शनी तथा ब्यापार मेलालाई दैलेख महोत्सवको रुपमा संचालन गर्ने निर्णय भएको जानकारी जिल्ला लघु उद्यमी समूह संघ,दैलेखका अध्यक्ष कविराज खत्रीले दिनु भएको छ ।

प्रतिक्रिया