सिकाई वृद्धिका लागि कार्ययोजना निर्माण

सिकाई वृद्धिका लागि कार्ययोजना निर्माण

विद्यार्थीहरुको सिकाइलाई प्रभावकारी रुपमा क्षमता वृद्धि गर्न जिल्लामा सिकाई सुधार कार्ययोजना निर्माण गरिएको छ । जिल्लामा शैक्षिक क्षेत्रलाई सुधारात्मक तरिकाले अगाडि वढाउँदै विद्यार्थीको पठन पाठनमा सुधार तथा सिकाइ प्रभावकारी वनाउनका लागि सिकाई वृद्धि कार्ययोजना निर्माण गरिएको हो ।

 

 

सिकाई सुधार कार्ययोजना निर्माणको सेभ द चिल्ड्रेन र सामाजिक सेवा केन्द्र (सोसेक) दैलेखको साझेदारि तथा शैक्षिक गुणस्तर परिक्षण केन्द्र भक्तपुरको समन्वयमा जिल्ला शिक्षा कार्यालय दैलेखले आयोजना गरेको हो ।
सिकाई उपलब्धी वृद्धिका लागि मार्गदिशा निर्माण कार्यशालाका सहभागीहरुको छलफलबाट उक्त कार्ययोजना निर्माण गरिएको हो । दुई दिन सम्म चलेको कार्यशालामा विद्यालय निरिक्षक, विद्यालय श्रोत शिक्षक र विद्यालय शिक्षकहरु सहभागी भएका थिए । सिकाई उपलब्धी वृद्धिका लागि विभिन्न औजारहरुको बारेमा सहभागीहरुलाई अनुशिक्षण दिइएको थियो ।
स्वयम शिक्षक, विद्यालय निरिक्षक र श्रोत शिक्षकहरुकै सहभागीतामा सिकाई सुधार कार्ययोजना निर्माण भएको आयोजकले जनाएको छ । कार्ययोजना निर्माण भए पछि विद्यालय पठन पाठनको गुणस्तर राम्रो हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया