श्रीस्थान बल्न थाले, नयाँ नयाँ ज्वाला

दैलेख – पंचकोशी तिर्थस्थल अन्र्तगत श्रीस्थान ज्वाला मन्दिर आसपास नयाँ नयाँ ज्वालाका लप्काहरु देखीएको छ । नयाँ तथा पुराना ज्वालाहरुमा भक्तजनहरुले पुजाआजा समेत गरिरहेको छन् । श्रीस्थान मन्दिर सहित दुई स्थानमा मात्र बल्ने ज्वाला अहिले ग्यासका फोकाहरु ठाँउठाँउमा देखीने गरेको छ । यहाँका स्थानीय तथा भक्तजनहरुले त्यस्ता स्थानहरुमा ज्वाला समेत बालेर पुजा गर्ने गरेका छन् ।


सदियौंदेखी पंचकोशी तिर्थ गर्न आउनेहरु ज्वालाजीको दर्शन गर्न आउने गर्दछन् तर, अहिले ठाँउठाँउमा नयाँ ज्वालाहरु देखिन थालेपछि पंचकोशीको महिमा अँझ बढेको भन्दै भक्तजनहरु पहिलेभन्दा बढेको लामो समयदेखी पंचकोशी तिर्थका बारेमा जानकारहरु बताउँछन् । श्रीस्थान मन्दिर छेउबाट बगेको नाविस्थान खोलाको पानीमाथि बल्दै आएको ज्वाला अहिले मन्दिरक्षेत्रको खाली भागमा समेत देखीएपछि दर्शन गर्न आउँछन् । तर कति भक्तजन आउँछन् भनेर अहिलेसम्म रेर्कड राख्न सकिएको छैन् । श्रीस्थानमा दुई स्थानमा बल्ने ज्वालालाई सरक्षण गरी मन्दिर बनाईएको छ भने पानीमाथि बल्ने ज्वाला धार्मीक पर्यटकहरु आएका बेला स्थानीयहरु बालेर देखाउने गर्दछन् ।
łयहाँ बलेको ज्वाला देखेर अच्चमीत भए । काठमाडौबाट घुम्न आएका दिनेश विसीले भने, पानीमाथिदेखी यहाँ भित्तभित्ता ज्वालाहरु यत्रतत्र बल्नुले केही न केही हुनुपर्छ । बाहिर कृतिम रुपमा ज्वाला बाल्ने गरेपनि यहाँ प्राकृतिक रुपमा ज्वालाजीको रुपमा बल्ने ज्वालाले शान्तिको सन्देश दिईरहेको उनले बताए । पंचकोशी क्षेत्रका ५ वटै मन्दिरहरुमा बल्ने गरेको ज्वाला अहिले तिन स्थानहरु पादुका, कोटीला र धुलेश्रमा प्राकृति प्रकोप र पहिरोले बन्द भएका छन् भने श्रीस्थान र नाविस्थानमा निरन्तर बल्दै आएको छ । प्रचारप्रसारको कमीले महत्वपूर्ण रुपमा लिईएको पंचकोशी क्षेत्रको ज्वालामा पर्यटकहरु कम आउने गरेको पर्यटककर्मी रुपक थापाले बताए । यहाँका ऐतिहासिक र धार्मीक रुपमा महत्वपूर्ण क्षेत्रहरु धेरै छन् तर, सरकारी निकायबाट प्रचारप्रसार नहुँदा पर्यटकहरु कम आउने गरेको थापाको भनाई छ । बैज्ञानिक दृष्टिकोणबाट पेट्रोलियम पदार्थ रहेको अनुमानले अनुसन्धान समेत भएको छ । पंचकोशी क्षेत्रभित्रको जमिनमा पेट्रोलियम पदार्थको खानी हुनसक्ने भन्दै सरकारले करोडौं रकम खर्चेर केही वर्षअघि अनुसन्धान समेत गरेको थियो ।
प्रतिक्रिया