संविधान सवैले पढ्न जरुरी ः राज्यमन्त्री शाही

संविधान सवैले पढ्न जरुरी ः राज्यमन्त्री शाही

गोविन्द केसी
दैलेख, मंसिर २३ – जनताको संविधान जनताको माँझमा भन्ने अभियानको सुभाआरम्भ कार्यक्रममा बोल्दै संघिय मामिला तथा स्थानीय विकास राज्य मन्त्री कुन्तीकुमारी शाहीले स्थानीय निकायबाटै संविधानमा जनताले पाएका अधिकारका बारेमा गाविसहुँदै वडा तहसम्म पु¥याईने भएकाले सवैले संविधा पु¥याईने भएकाले पढ्न जरुररी भएको बताईन् ।

स्थानीय विकास राज्य मन्त्री कुन्तीकुमारी शाही
स्थानीय विकास राज्य मन्त्री कुन्तीकुमारी शाही

बुधवार दैलेखको दुल्लुमा भएको जनताको संविधान जनताकै माँझमा भन्ने अभियानमा मन्त्री शाहीले संविधान सवैले पढ्न जरुरी रहेको बताईन् । कार्यक्रममा संविधानकाबारे अनेक थरिका भ्रमहरुलाई चिर्नका लागि जनताको संविधान जनताको माँझमा भन्ने अभियान चलाईएको बताएकी हुन् ।
उनले संविधान नेपाली जनताहरुको हातहात पु¥याउन स्थानीय निकायका कर्मचारीहरुलाई जनताको घरघरमा पु¥याईने बताईन् । राज्य मन्त्री शाहीले दैलेखमा अभियानको सुभारम्भ गरेकी थिईन् । कार्यक्रममा सवैले एकपटक संविधान पढ्नै पढ्ने बताईन् । सवै नेपालीहरुको अधिकारहरुलाई संविधानले समेट्ेको उनले बताईन् । संविधान पढेपछि संविधानको विरोधमा लागेकाहरु पनि संविधानलाई स्वागत गर्ने शाहीले बताईन् । संविधानका बारेमा जानकार नभएरै संविधान विरोधी भावनाहरु बढेकाले मन्त्रालयले कुनाकन्धरामा संविधानले समेटेको अधिकारहरु जानकारी दिने उदेश्य रहेको बताईन् ।

प्रतिक्रिया