कानुनी अज्ञानताले बालविवाहमा वृद्धि

कानुनी अज्ञानताले बालविवाहमा वृद्धि

गोविन्द केसी
दैलेख, मंसिर २४ – लाँलीकाँडामा भएको बालविवाह न्युनिकारण सम्वन्ध कार्यक्रममा स्थानीय बालबालिकाले कानुनी अज्ञानताकै कारण गाँउमा बालविवाहको संख्या वृद्धि भईरहेको चिन्ता ब्यक्ति गरेका छन् । बालविवाह न्यूनिकरण सम्वन्धी भएको सार्वजनिक सुनुवाईमा लाँलीकाँडामा बालबालिकाहरुले खुलेरै कानुनी अज्ञानताले बालविवाह मौलाएको बताएका हुन् ।

उमेर पुगेर विवाह गरेर गाँउमै उदाहरण बनेका भक्तबहादुर बस्नेत र अमृताकुमारी बस्नेत
उमेर पुगेर विवाह गरेर गाँउमै उदाहरण बनेका भक्तबहादुर बस्नेत र अमृताकुमारी बस्नेत
बालविवाह बढेसंगै न्यूनिकरणका लागि कानुनी उपायहरुबारे जिज्ञासा राख्दै बालबालिकाहरु ।
बालविवाह बढेसंगै न्यूनिकरणका लागि कानुनी उपायहरुबारे जिज्ञासा राख्दै बालबालिकाहरु ।
बालविवाह बढेसंगै न्यूनिकरणका लागि कानुनी उपायहरुबारे जिज्ञासा राख्दै बालबालिकाहरु ।
बालविवाह बढेसंगै न्यूनिकरणका लागि कानुनी उपायहरुबारे जिज्ञासा राख्दै बालबालिकाहरु ।
उमेर पुगेर विवाह गरेर गाँउमै उदाहरण बनेका  सुरेश रोकाय र दुर्गा रोकाय
उमेर पुगेर विवाह गरेर गाँउमै उदाहरण बनेका सुरेश रोकाय र दुर्गा रोकाय
१६ दिने महिला हिंसा विरुद्धको अभियानको अन्तिम दिन लालिकाँडा गाविसमा संचालन गरिएको वाल विवाह विरुद्ध सार्वनिक सुनुवाई तथा सत प्रतिसत जन्म दर्ता गाविस घोषणा कार्यक्रम
१६ दिने महिला हिंसा विरुद्धको अभियानको अन्तिम दिन लालिकाँडा गाविसमा संचालन गरिएको वाल विवाह विरुद्ध सार्वनिक सुनुवाई तथा सत प्रतिसत जन्म दर्ता गाविस घोषणा कार्यक्रम

दैलेखकै सवैभन्दा बढी बालविवाह हुने गाविसका रुपमा रहेको लाँलीकाँडामा गरिएको बालविवाह न्यूनिकरण सम्वन्धी सार्वजनिक सुनुवाई कार्यक्रममा अधिकाँशले बालविवाहबारे कानुनी ब्यवस्था सम्वन्धी ज्ञानकै अभावमा वर्षेनी धेरै बालविवाह हुने गरेको स्विकार समेत गरेका हुन् । लाँलीकाँडा गाविसले २ वर्षयता राखेको तथ्याङ्कमै पनि ८० जोडीले बालविवाह गरेको देखीन्छ । आफुहरुले बालविवाह गरेको थाहा पाएपनि कहाँ र कसरी उजुरी दिने भन्नेबारे ज्ञानको अभाव रहेकाले टुलुटलु हेरेरै समर्थन गर्नुपरेको लाँलीकाँडाकै १७ वर्षिय बालक कुशल विसीले दुखेसो पोखे ।
गाँउघरमा धेरैजसो यौन दुब्यवहारका घटना हुने भएपनि कानुनी सहायताबारे ज्ञान नहुँदा र समाजमा बेज्यती हुने डरले बालबालिकाहरु चुप लागेर सहनुपर्ने बाध्यता रहेको मालिका बाल क्लवकी उपाध्यक्ष पवित्रा वलीले लाँलीकाँडामै पुगेकी निमित्त महिला विकास अधिकृत मनसरा शाही समक्ष दुखेसो पोखीन् । सरकारी निकायबाट पिडितलाई सहयोग हुने नहुनेबारे नै पिडितहरु बेखवर हुने र गाँउघरकै ठुलोवडाहरुले मिलाउने परम्पराले यौन दुब्यवहार पढेको बताईन् । कार्यक्रममा सहभागी बाल क्लवकी सदस्य प्रतिक्षा खड्काले बालबालिका हिसांमा परे के गर्ने भन्ने बारे थाहै नभएकाले कानुनी उपचारका उपायहरु भनिदिन आग्रह समेत गरिन् । कार्यक्रममा सहभागी धेरै अभिभावक र बालबालिकाले कानुनी अज्ञानताकै कारण बालविवाह बढेको बताए । अहिले बाल क्लव र विद्यालयहरुमा बालविवाह विरुद्धको अभियानहरु चलेपछि न्युनिकरण हुने सरोकारवालाहरु बताए । सेभ द चिल्ड्रेन र सामाजिक सेवा केन्द्रको सहयोग गाँउ बाल संरक्षण तथा सर्वद्धन उपसमिति, महिला तथा बालबालिका कार्यालय, जिविसको समन्वयमा गाँउ विकास समितिको कार्यालय लाँलीकाँडाको आयोजनामा सतप्रतिशत जन्मदर्ता घोषणा तथा बालविवाह विरुद्धको अभियान विषयक सार्जजनिक सुनुवाई कार्यक्रम भएको हो ।

बालविवाह रोके
लाँलीकाँडा – २ धरमपोखराका भक्तबहादुर बस्नेत अहिले ४५ वर्षका भए । गाँउघरमा चलिआएको चलनअनुसार १७ वर्षको उमेरमै विहेका लागि बुवाआमाबाट केटी मागेर विहेको तयारी भैरहदाँ आफुले नमानेपछि रोकिएको बस्नेतले बताए । उनले गाँउकै परम्परा अनुसार २३ वर्षको उमेरमा अमृताकुमारी विसीसंग विवाह गरेका हुन् । आफुहरु दुवैको उमेर र मन मिल्ने भएकाले बन्धनमा बाँधिएको बताए । विवाहका लागि राजी नभएपछि केही दिन बुवाआमा पनि रिसाए । भक्तबहादुर बस्नेतले भने, परिपक्ता नभएसम्म विहे नगर्ने सोचकै कारण अहिले विहे रोकेको हुँ । आफुले पनि पढाईलाई अगाडी बढाउने ईच्छा भएकाले विहेमा हतार नगरेको बस्नेतले बताए । मातृ मृत्युदर र शिशुमृत्युदर बढेकाले आफ्नो परिवारको सुरक्षाका लागि पनि उमेर पुगेपछि विवाह गरेको र अरुलाई पनि उमेर पुगेपछि विवाह गर्न सुझाव दिने गरेको भक्त र अमृता निर्धक्क भएर सुनाउँछन् । आर्थिक, सामाजिक र भौतिक रुपमा परिपक्क भएपछि गरिएको विहेले भविष्यलाई सुखद पु¥याउने भएकाले पनि विवाह रोकेको उनले बताए । उनले आफ्नो पढाई लेखाईसगै जाँगीर खाएपछि विवाह गरेका हुन् । मालिका उमाविमा निमावी तहको स्थायी शिक्षक समेत छन् । अमृता गाँउकै महालक्ष्मी प्राविमा प्राधानाध्यापक छिन् ।
दुख देखेर विहे गरिन्
बाल विवाह न्यूनिकरण सम्वन्धी कार्यक्रममा सहभागी हुन आएका लाँलीकाँडा – ८ झुजका सुरेश रोकायले सयौं सहभागीहरुमाँझ लाँलीकाँडामा गाँउमा सानैमा विहे गरेकाले धेरैले दुख पाएकाले आफुले त्यही दुख देखेरै विहे नगरेको बताए । आफुसंगै पढेकाहरुले पनि पढ्दापढदै विहे गरे । सवैको देखेर सचेत भईयो । सुरेशले भने, पढाईमा रुचि, घर ब्यवहार लगायतले बाहिले बाहिर जानुप¥यो । त्यसपछि परिपक्क भएरै विहे गरे । मावि अंग्रेजी स्थायी शिक्षक समेत रहेका उनीले २२ वर्षको उमेरमा अवलपराजुलबाट दुर्गा रावतलाई विहे गरे । अंग्रेजीबाट एमएड गरेका रोकाय र उनकी पत्नी दुर्गाले पनि विएड सकेकी छिन् । दुवैले एकअर्कालाई मन पराएर घरसल्लाहमै विहे गरेको बताए ।
बाल विवाहसम्बन्धी कानुनी व्यवस्था
नेपालको विवाहवारी सम्वन्धी कानूनले अभिभावकको सहमतीले १८ वर्षपुगेपछि र केटा–केटीको आफू खुशी विवाह गर्न पाउने उमेर २० वर्ष तोकेको छ, त्यो भन्दा कम उमेरमा विवाह गरे गराएको अवस्थालाई बाल बिवाह भनिन्छ । कानूनमा यसो लेखिए पनि हाम्रो समाजमा बाल विवाह भइरहेका छन्, छोरीलाई १५ वर्ष लाग्यो कि छोरीको विवाह गरी दिनुपर्छ भन्ने सामाजिक संस्कार, कतिले बुहारी भि¥याउँदा घरको कामकाजमा मद्दत हुन्छ भन्ठान्ने, कतिपय अवस्थामा किशोरावस्थामा अभिभावकको रेखदेख कम पुग्दा बालबालिका आफैले उमेर नपुगी विवाह गर्ने गरेको अवस्था छ ।
अभिभावक वा बालबालिका आफैले बाल विवाह गरेको कारण विवाहपछि शिक्षा रोकिने र यसले उनीहरुको ज्ञान सीप आर्जन गर्न सक्दैनन्, फलस्वरुप उनीहरु भविष्यमा आफ्नो कमाईमा निर्भर हुन सक्दैन्, शारीरिक विकास नभईकनै गर्भाधान हुँदा स्वास्थ्य कमजोर हुन्छ । परिवार योजना बनाउन नसक्ने भएको कारण धेरै कलिलै उमेरमा सुत्केरी हुँदा पाठेघर खस्ने भएकोले दीर्घरोगी खतरा पनि उतिकै हुन्छ । यी धेरै बेफाइदा रहने भएकोले बाल बिवाह रोक्न बनाइएको कानूनमा बालविवाह गराउने अभिभावकलाई ६ महिनादेखि ३ वर्षसम्म कैद र १ हजारदेखि १० हजार रुपैंयासम्म जरिवाना हुन्छ । बालविवाह गराउने पुरोहित, जन्ती जानेहरु र बालविवाहमा सहमती जनाउने सबैलाई १ महिना कैद वा १ हजार रुपैंयासम्म जरिवाना गर्ने कानूनी व्यवस्था गरेको छ ।
दैलेखमा बाल विवाहसम्वन्धी तथ्यांक
बालविवाहले महिलाको स्वास्थ्यलाई अत्यन्तै प्रतिकूल प्रभाव पारेको छ, यो कुरा जनसंख्याको तथ्यांक केलाउदा थाहा पाउछौैं । जिल्लाको कुल जनसंख्या २,६१,७७० मा १,२६,९९० पुरुष र १,३४,७८० महिला छन् । त्यो जनसंख्याको ३२ दशमलव २५ प्रतिशतले २० वर्ष नपुग्दै विवाह गर्छन । कानूनी भाषामा त्यसलाई बाल विबाह भनिन्छ, बाल विवाह गर्ने पुरुष २९,७३४ र बाल विवाह गर्ने महिला झण्डै दोब्बरको संख्यामा ५४,७९० जना छन् । तथ्यांक विभागले प्रकाशित गरेको विवरण अनुसार २९,३९३ ले १९ वर्ष उमेर नपुग्दै बच्चा जन्माउने गरेका छन् । कुल जनसंख्याको ११ दशमलव २३ प्रतिशत ओगटेको त्यो संख्या मध्ये १३,७८९ ले त यो अवधिमा २ बच्चा जन्माइसकेको पाइएको छ ।
राष्ट्रिय जनगणना २०६८ ले लिएको तथ्यांक विवरणमा दैलेखमा १० वर्ष नपुग्दै ८९४ जनाले विवाह गरेका उल्लेख छ । त्यो उमेर विवाह गर्ने पुरुष १६३ र महिला ७३१ जना छन् । त्यसपछि १०–१४ वर्ष उमेरमा १३,३६४ ले विवाह गरी सकेका हुन्छन्, यी मध्ये २८११ पुरुष र १०५५३ महिला छन् । सोही तथ्यांक अनुसार १५–१९ वर्षको उमेर विवाह गरी सकेकाहरु ७०,१६६ जना परेका छन् । त्यो उमेरमा विवाह गर्ने पुरुष २६,७६० र महिला ४३,४०६ भएको देखिएको छ । यसरी तथ्यांक केलाउदा २० वर्ष नपुग्दै विवाह गर्ने जनसंख्याको ८४,४२४ जना अथवा ३२ दशमलव २५ प्रतिशतले बाल विवाह गरेका आफैले विवरण दिएका छन् । कानूनले २० वर्ष नपुग्दै विवाह गर्नु बाल विवाह मानिन्छ ।

प्रतिक्रिया