वालविकास सहजकर्तालाई पुर्नताजकी तलिम सम्पन्न

वालविकास सहजकर्तालाई पुर्नताजकी तलिम सम्पन्न

दुर्गा गिरी
दैलेख, मंसिर २६ गते वालविकास केन्द्रका सहजकर्ताहरुलाई पुर्नताजकी तालिम दैलेख वजारमा सम्पन्न भयो । महिला, युवा र बाल अधिकार प्रवर्धन कार्यक्रम अन्र्तगत वांसी, विन्द्यावासिनी र वडाखोला गा.वि.स.मा रहेका १२ वटा बाल विकास केन्द्रका १२ जना सहजकर्ताहरुलाई २ दिने बाल विकास व्यवस्थापन र सहजिकरण सिप विकास सम्वन्धि तालिम मंसीर २५ र २६ गते दैलेख वजारमा संचालन गरि सम्पन्न गरिएको छ । SAM_5462

वाल विकास केन्द्रका सहजकर्तालाई पुर्नताजकी तालिमको सहजीकरण गर्दै दुर्गा गीरी
वाल विकास केन्द्रका सहजकर्तालाई पुर्नताजकी तालिमको सहजीकरण गर्दै दुर्गा गीरी
वाल विकास केन्द्रका सहजकर्तालाई पुर्नताजकी तालिमको सहजीकरण गर्दै सहजकर्ता गुरु रेग्मी

तालिम पश्चात बाल विकास केन्द्रमा गइ बालबालिकाको सिकाइमा सहजता ल्याउनको लागि र विभिन्न स्थानिय स्तरमा खेर गइरहेका सामानहरुबाट सामाग्री निर्माण गर्नको लागि यो तालिम संचालन गरिएको थियो । तालिमको सहजिकरण बाल मन्दीर शिक्षक गुरु प्रसाद रेग्मीले गर्नु भएको थियो । तालिममा लिइएको ज्ञान तथा सीपलाई आफ्नो बालविकास केन्द्रमा गइ पूर्ण रुपमा लागु गरिने प्रतिवद्धता जनाउनु भएको थियो । भने संस्थापक अध्यक्ष हीरासिंह थापाले तालिमलाई स्थानिय स्तरमा गइ राम्रो संग सदुपयोग गर्नको लागि सल्लाह सुझाव दिदै तालिम समापन गर्नुभएको थियो । एआईई लक्जेम्वर्ग र टी.डी.एच जर्मनीको सहयोगमा र सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल, दैलेखको सहजिकरणमा संचालित महिला, युवा र बाल अधिकार प्रवर्धन कार्यक्रम अन्र्तगत वांसी, विन्दावासिनी र वडाखोला गा.वि.स.मा संचालन रहेका छ ।

प्रतिक्रिया