दैलेखका पत्रकारसहित ५ जनालाई कृषि पत्रकारिता पुरस्कार

दैलेखका पत्रकारसहित ५ जनालाई कृषि पत्रकारिता पुरस्कार

ज्वाला सन्देश सम्वाददाता
काठमाडौं– नेपाल कृषि पत्रकार प्रतिष्ठान (जोना) ले आफ्नो दोस्रो वार्षिकोत्सवका अवसरमा दैलेखका पत्रकार प्रकाश अधिकारीसहित ५ लाई पुरस्कार तथा सम्मान प्रदान गरेको छ । मोफसलमा रही कृषिका क्षेत्रमा कलम चलाएको भन्दै कान्तिपुरका दैलेख संवाददाता अधिकारीसहित राजधानी दैनिकका लक्ष्मी सापकोटा (काठमाडौं), नया पत्रिकाका ख्याम भुजेल (इलाम), गोरखापत्र दैनिकका विष्णु न्यौपाने र बिबिसी मिडिया एक्सनका सुभाष कार्कीलाई कृषि पत्रकारिता पुरस्कार प्रदान गरिएको हो ।

कान्तिपुरका दैलेख संवाददाता प्रकाश अधिकारीलाई कृषि पत्रकारिता पुरस्कार प्रदान गर्दै कृषिमन्त्री हरिबोल गजुरेल
कान्तिपुरका दैलेख संवाददाता प्रकाश अधिकारीलाई कृषि पत्रकारिता पुरस्कार प्रदान गर्दै कृषिमन्त्री हरिबोल गजुरेल

कृषिमन्त्री हरिबोल गजुरेलले सोमबार अनामनगरस्थित कृषि उपभोक्ता डबलीको सभाहलमा पाँचैजना पत्रकारहरुलाई नगद १०–१० हजारसहित प्रशंसापत्र प्रदान गरे । जोनाले कृषि उद्यमीतर्फ कृषि विकास बहुउद्देश्यीय सहकारी संस्था भक्तपुरका तेजविक्रम थापालाई पनि सम्मान ग¥यो ।
कृषिमन्त्री गजुरेल, नेपाल राष्ट्र बैंकका गर्भनर चिरञ्जीवि नेपालले संयुक्त रुपमा जोनाद्धारा प्रकाशित स्मारिका ‘उर्वर’को विमोचन गरेका थिए । कार्यक्रम बोल्दै कृषिमन्त्री गजुरेलले कृषिलाई सम्मानित पेशाका रुपमा चिनाउन सरकारले २७ बुंदे प्रतिवद्धता जारी गरेको बताए । ‘मन्त्रालय यी प्रतिवद्धताको क्रमशः कार्यान्वयन गर्दै जानेछ । यद्यपि, यसमा महत्वकांक्षी योजना छन्’ उनले भने, नया संविधानको मर्मअनुसार प्रतिवद्धता जारी गरिएकाले यसको कार्यान्वयनलाई मुख्य जोड दिइनेछ ।’ मुलुक आत्मनिर्भर नहुँदा विदेशीले हेपेको उनको भनाई थियो । राष्ट्र बैंकका गर्भनर चिरञ्जीवि नेपालले कृषि प्रधान मुलुक भएपनि कृषिका अधिकांश वस्तु आयात गर्नु विडम्बना भएको धारणा राखे । राष्ट्र बैंकले ४ प्रतिशत कृषि कर्जा प्रवाह गरिरहेकाले सरकारले कृषकलाई व्यवसायिक उत्पादनतर्फ लगाउन जोड दिनुपर्ने उनले बताए ।

प्रतिक्रिया