सौर्य उर्जा प्रणालीबाट खानेपानी योजना

सौर्य उर्जा प्रणालीबाट खानेपानी योजना

ज्वाला सन्देश सम्वाददाता
दैलेख दुल्लु नगरपालिका वडा नं २ वडापोखरामा सौर्य उर्जा प्रणालीवाट खानेपानी योजना संचालनमा भएका् छ । सौर्य प्रबिधिमा आधारित खानेपानी योजना संचालन हुने भएपछि एक घण्टा भन्दा तल झरेर पानी ओसार्ने कष्ट झेल्दै आएका नाउले कटुवाल गा.वि.स हाल दुल्लु नगरपालिकावार्ड नं २ वडापोखरा माथिगाऊ लगायतका वासिन्दाहरु घर आगन मै खानेपानी पुग्ने देखेर खुसी भएका छन ।20151215_151000
विगत लामो समय देखि अग्लो डांडामा कहीकतै वाट पानी ल्याउन नसकेका कारण यहाँका वासिन्दा यस गाउँमा कुनै पनि पाइप प्रणालीवाट पानी आउला भन्ने चिताएकै थिएनन् । २ बर्ष अगाडी तत्कालिन गा.वि.स परिषदले गरेको निणर्य अनुसार जलउपयोग गुरुयोजना तयार गरी सौर्य लिप्ट प्रणालीको योजना कार्यान्वयन गर्ने निर्णय गरेसंगै यहाँका जनताको सफा पानी खाने चाहाना हालै मात्र पुरा हुन लागेको हो । “हामीले त लगभग यो डांडामा पानी विना बसीनसक्ने ठानेका थियौ तर हाल नगरपालिका र जलश्रोत व्यवस्थापनकार्यक्रम वाम(पी हेल्भेटासको सहयोग ले गर्दा यो सोलार लिप्ट खोपानी शुरु भयपछि गाउँका जनता सबैमा उत्साह थपिएको” बताउछन् कडालपानी तुसारपानी सौर्य लिप्ट खानेपानी तथा सरसफाइ योजनाका अध्यक्ष लोक वहादुर थापा । उनले थपे “वषौको संघर्ष पछि यो योजनाले रमणीय हाम्रो वडापोखरा लाई झन रमणीय वनाइको छ” । खानेपानी योजनाले कुल ९१ घरधुरी र १ विद्यालय लाभान्वित हुने, योजनाको करीव ३२० मिटर तलबाट पानी तान्ने, इन्टेक, पाइप लाइन तथा पानीटंकीहरु निर्माण कार्य सम्पन भइ सकेको छ, अध्यक्ष थापाले वताए । हेल्भेटासको करिब २६ लाख १९ हजार र नगरपालिकाको २ लाख तथा समुदायको करीव ८ लाखको लागतमा यो योजना संचालन भइरहेको छ ।
दुल्लु नगरपालिका,जलश्रोत ब्यावस्थापन कार्यक्रम हेल्भेटास नेपालको आर्थिक तथा प्रविधिक सहयोग तथा सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल, दैलेखको सहजीकरणमा संचालित यस योजनामा दुइ ओटा श्रोतलाई २६ वटा सोलार प्यानल जडान गरी करीव ९० मी सिधा उचाइमा २ बटा सोलार पम्प मार्फत तानी सकिएको र १७ वटा धारा मार्फत वितरण गर्ने व्यवस्था मिलाइने कार्यक्रमक ापा्रविधिक संयोजक मोहनभट्टले ज्वाला सन्देशलाई वताए । उनले अगाडी थपे “यो योजना संगसगै यस योजनामा परेका मुहानहरुमा पानीको मात्रा कायम गरी राख्न परम्परागत पोखरीलाइ पनि उत्खनन् गरीे रिचार्ज पोखरीको रुपमा विकास गर्न हेल्भेटासले सहयोग गरिरहेको छ ।”
कार्यक्रमका टिम लिडर मदनराज भट्टका अनुसार हेल्भेटासले गा.वि.स स्तरमा जलउपयोग गुरुयोजना तयारी गरी पा्रकृतिक पानीका श्रोतको उपलब्धता नभएका बस्तीहरुमा उपयुक्त नयाँ प्रविधिहरु बर्षात को पानी संकलन, सोलार लिप्ट जस्ता प्रविधिहरुवाट खानेपानीको पहुँच बढाउने कार्य कार्यक्रमले गरी राखेकोछ । उनले थपे “दैलेख जिल्लाका विभिन्न बस्तीहरुमा हाल सम्म करीव ५ सय घरधुरी हरुमा प्रति घरधुरी ६५०० लिटर क्षमताका आकासे पानी संकलन गर्ने धैटो निर्माण गरी खानेपानीमा पहुच पुर्याएको छ । ”
यसरी घंैटो निर्माण भएका घरधुरी हरुमा दैनिक ३ घण्टा सम्म पानी ओसार्न लाग्ने समय बचत भएको उपभोक्ताहरुले बताएका छन ।

प्रतिक्रिया