तरकारीमा कृषकको आर्कषण बढ्दो

तरकारीमा कृषकको आर्कषण बढ्दो

ज्वालासम्वादाता⁄दैलेख
दैलेख,पुस २ गते । परम्परागत खेती लगाउँदै आएका पग्नाथ –९हुलाकटाकुरा बासिन्दा केही महिनादेखी परम्परागत खेती छोडेर आधुनिक तरकारी खेतीतिर आकर्षित हुन थालेका छन् । हुलाकटाकुरामा गठित महादेव कृषक समुहले आफ्ना सदस्यलाई तरकारी उत्पादन जोड दिने बाचा गर्न लागाएपछि किसान तरकारी खेतीतिर आकर्षित भएका हुन् ।

नमुना सरसफाई गाउँ सियालामा तरकारी खेति
नमुना सरसफाई गाउँ सियालामा तरकारी खेति
नमुना सरसफाई गाउँ सियाला
नमुना सरसफाई गाउँ सियाला
नमुना सरसफाई गाउँ सियालामा तरकारी खेति
नमुना सरसफाई गाउँ सियालामा तरकारी खेति
सोलार लिप्ट खानेपानी योजना
सोलार लिप्ट खानेपानी योजना

तरकारी उत्पादनमा लागेपछि अहिले त्यहाँका मानिसको आम्दानी बढनुका साथै जिवनस्तरमासुधार आएको ३६ वर्षिय कृषक केशवराज खत्रीले बताए । मैले पहिला करेसाबारीमा मात्र तरकारी लगाउँथे । सामाजिक सेवका केन्द्र द्धारा सञ्चालित सामाजिक तथा आर्थिक विकास कार्यक्रमले जनचेतना जगाई उत्पादनमा जोड दिएपछि अधिकाँश कृषकले तरकारी खेती लगाउँछन,उनले भने ।
तरकारी खेतीबाट राम्रो उत्पादन हुने र छिटो पैसा हातमा पर्ने हुनाले तरकारी खेती गर्नेको संख्या बढको अर्का कृषक मिनकुमारी खत्रीले बताइन । हाम्रो तरकारी संकलन केन्द्र बार्षिक १८ लाख ९० हजारको तरकारीको कारोबारो गर्ने जानकारी दिइन । हुलाक टाकुरालाई सडक सञ्जालले छोएकाले त्यहाँको तरकारी जिल्ला सदरमुकाम र सुर्खेत सम्म निर्यात हुने अर्का कृषक दिप खत्रीले बताए ।
गाउँमा काम नपाईने हुँदा पैसा कमाउन भारततिर मजदुरी गर्न जान्थ्यौं । तरकारी खेतीबाट आम्दानी हुन थालेपछि भारत जानुपरेको छैन् सोही गाविसका रत्नबहादुर खत्रीले बताए । ‘भारतमा पैसा कमाउन जाँदा नेपालीलाई राम्रो व्यवहार पनि नगर्ने घर जहानपरिवारको चिन्ता लाग्ने गथ्र्यो, आजभोली घरमै बसेर तरकारी खेती गर्न थालेदेखी पैसा कमाउनुका साथै परिवारसँग बस्न पाउँदा खुशी उनी बताउँछन् ।
ग्रामिण पहुँच तेस्रोको आर्थिक सहयोग र हेल्भटास स्वीस इन्टरकोअपरेशन नेपालको कार्यान्वयन सहयोगमा आयआर्जनका लागि कार्यक्रमले कृषकलाई सहयोग गर्दै आएको सामाजिक तथा आर्थिक विकास कार्यक्रमका अधिकृत रत्नप्रसाद चौलागाईले बताए । “पहिला यहाँका किसानका अधिकाँश जग्गा गौचरन थिए । कार्यक्रम लागु पश्चात स्थानीयबासीमा सम्झाई बुझाई गर्दा कृषकले तरकारी खेती गरेर गराहरा पारेका छन् ”उनले थपे ।
संकलन केन्द्र नहुँदा तरकारी कृहिएर खेर जाने कृषकले दुखेसो पोखे । गएको शनिवार चुप्रा–मेहेलतोली सडकखण्डको अनुगमनमा त्यहाँका पुगेका हेल्भटासका देशिय निर्देशक भरत पोखरेलले गरामा तरकारी हराभरा देख्दा कृषकको प्रशंसा गरे । उनले भने,कार्यक्रमले उत्पादन मात्र नभई बजारीकरणमा जोड दिनुपर्ने धारण व्यक्त गरेका थिए । उनले थपे, “यहाँका कृषक साह्रै मिहिनेत भएकाले स्थानीय राजनिति दलले जनतासँग प्रत्यक्ष सरोकार राख्ने गाविसले पनि सहयोग गनुपर्छ ।” छलफल कार्यक्रममा कृषकले संकलन केन्द्रको भवन निर्माण र नयाँ प्रविधिको माग राखेका थिए । स्वीस हेल्भटासका नेपाल देश हेर्न फ्रान्ज ग्याबलर सहितको टोलीले दुल्लू नगरपालिकाको कडालपानी,तुषारपानी सोलार लिफ्ट खानेपानी आयोजना र सियाला नमुना सरसफाई गाउँको अवलोकन गरेको थियो । अनुगमनका क्रममा ग्यावलरले भने,सोलार लिफ्ट मेरा लागि नयाँ हो, भन्दै खुशी व्यक्त गरेका थिए ।

प्रतिक्रिया