ट्राक्टरबाट खसेर ज्यान गयो

ट्राक्टरबाट खसेर ज्यान गयो

दैलेख, पुस ४ – दैलेखको रानीबनमा ट्रयाक्टरबाट खसेर एक युवकको ज्यान गएको छ । ढुंगा लोड गरेर गैंडाबाज तर्फ जाँदै गरेको भे १ च ६४०२ नम्वरको ट्रयाक्टरबाट खसेर स्थानीय खरिगैरा निवासी २४ वर्षीय बलबहादुर गुरुङ्गको आज दिउँसो ज्यान गएको प्रहरीले जनाएको छ ।
स्थानीयको घर बनाउने ढुंगा लिएर ओलारोमा गइरहेको ट्रयाक्टरमा ड्राइभर नजिकै सीटमा बसेका गुरुङ्ग बाथला भन्ने ठाउँमा खसेपछि पछिल्लो ठूलो टायरले ढाड र कम्मर भाग किचिएको थियो ।
गैडाबाज स्वास्थ्य चौकीमा प्रारम्भिक उपाचारपछि थप उपचारका लागि सदरमुकाम ल्याउदै गर्दा ज्यान गएको गैडाबाज प्रहरी चौकीका इञ्चार्ज असई बसन्त बुढाथोकीले जानकारी दिनुभयो । ट्रयाक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया