विद्यालयमा प्राथमिक उपचार शुरु

विद्यालयमा प्राथमिक उपचार शुरु

ज्वाला सन्देश संम्वाददाता
दैलेख पुस ६ गते । जिल्लाका प्राथमिक विद्यालयमा प्राथमिक उपचार सेवा शुरु गरिएको छ । स्कुलमा अकस्मात दुर्घटना हुँदा बालबालिको स्वास्थ्य स्थिित विग्रिन नदिन प्राथमिक उपचार सेवा शुरु गरिएको हो ।

भैरव निमावि चामुण्डामा घाइतेलाई उपचार गर्दै एक शिक्षक  : स्कुलमै सेवा उपलब्ध भएपछि सामान्य चोटपटक लागे छात्र छात्राले पढाई छोडेर स्वास्थ्य चौकी जानुपरेको छैन् ।

जिल्लाका २१ वटा प्राथमिक विद्यालयमा यो सेवा शुरु गरिएको छ । विद्यालयमा दैविक प्रकोप जस्ता प्राकृति घटना भई बालबालिका घाइते भएमा स्वास्थ्य सेवामा सुरक्षित तवरले विरामी लैजानका लागि यो सेवा गरिएको हो । लामो जारी मधेश आन्दोलन र भारतीय अघोषित नाकावन्दीले ग्रामिण भेगमा औषधी अभाव भइरहेका बेला विद्यालयमा प्राथमिक उपचार सेवाले केही राहत उपलब्ध गराएको छात्रा दीपाकुमारी सापकाटोले बताइन् । अस्पतालमा औषधीका अभाव भएपनि टाउको दुख्दा र कुनै चोटपटक लाग्दा विद्यालयमा उपचार हुन्छ उनले बताइन ।
प्राथमिक उपचार सेवा हुँदा विद्यार्थीको पढाईमा असर नपर्ने भैरव निमाविका शिक्षक लक्ष्मी कँडेलले बताए । बालबालिका खेल्न क्रममा चोटपटक लाग्दा स्वास्थ्य संस्थामा जानुपरेकाले छात्र छात्राको पढाई छुट्ने हुन्थ्यो विद्यालयमा सेवा हुँदा विद्यार्थी त्यो समस्याबाट मुक्ति पाएका छन् , उनले भने ।
सेभ द चिल्डे«न र सामाजिक सेवा केन्द्र (सोसेक) को साझेदारीमा सञ्चालित एकिकृत परियोजनले यो कार्यक्रमम सञ्चालन गरिएको एकिकृत परियोजनाका संयोजक रत्नबहादुर बुढाले बताए । प्राथमिक उपचारमा सिटामोल बेटाडीन, ब्रोफिन लगायतका २३ किसिमका औषधी राखिएको छ, उनले भने । उपचारका लागि कार्यक्रममले २१ वटा विद्यालयका झण्डै एकसय जना शिक्षकलाई तीनदिने विद्यालय स्वास्थ्य उपचार पोषण तालिम दिएको थियो ।

प्रतिक्रिया