विद्यालयमा एकहजार नौसय उजुरी

विद्यालयमा एकहजार नौसय उजुरी

 ज्वालासन्देश सम्वादाता

दैलेख, पुस ११ गते । शिक्षणस्तर सुधार गर्नका लागि विद्यार्थीद्धारा जिल्लाका ८७ विद्यालयमा एकहजार नौंसय उजुरी गुनासो परेका छन् । बालबालिका माथि विद्यालयमा हुने अदृश्य हिंसा, र दुव्र्यवहार न्युनिकरण गर्न विद्यालय सुधार गर्नका लागि विद्यार्थीले ती गुनासा गरेका हुन् । सिमान्कृत परिवारका बालबालिको आधारभुत शिक्षा सुधार गर्न र सिकाईलाई उपलब्धी वनाउन एकिकृत परियोजनाले विद्यालयमा उजुरी सुझाव मार्फत यी गुनासा खसालिएका थिए । एक हजार नौ तीन गुनासा मध्ये एक हजार सात सय ६५ उजुरी सम्बोधन भएको परियोजनाले बार्षिक समिक्षामा सार्वजनिक गरेको थियो । कार्यक्षेत्र १०९ परियोजना मध्ये ८७ वटा विद्यालयमा गुनासा आएका परियोजनाले जनाएको छ । ती विद्यालयमा छसय ४१ जना बालबालिकालाई बालअधिकार उल्लंघन तथा बालबालिका माथि हुने हिंसाबाट बच्ने उपायको लागि तालिम दिएको थियो । परियोजनाले बालबालिकाको लागि विद्यालय,स्वास्थ्य संस्थाहरु र समुदायमा सुरक्षित वातावरण तयार गरि सरकार तथा नागरिक समाजद्धारा संयुक्त राष्ट्रसंघिय बालअधिकार महासन्धीको कार्यान्वयन स्तरलाई सुधार गर्नु परियोजनाको लक्ष्य रहेको छ । परियोजनाले बालअधिकार उल्लंघनबाट पिडित भएका १७ जना बालबालिकालाई आकस्मिक सहयोग गरेको बार्षिक समिक्षाको प्रतिवेदनमा उल्लेख गरेको छ । जसमध्ये १३ जनालाई औषधी उपचार २ जनालाई शैक्षिक सामाग्री तथा परामर्श एक⁄एक जनालाई खाना र शैक्षिक सामाग्री परामर्श सहयोग गरेको थियो । कार्यक्षेत्रमा रहेका अति कमजोर विद्यालयका विद्यार्थीको पढाई सुधार गर्ने उपचरात्मक कक्षाबाट सात ४० विद्यार्थी लाभान्वित भएका छन् । १०९ विद्यालयमा ३० वटा मात्र कक्षा सञ्लान भएको सेभ द चिल्ड्रन र सामाजिक सेवा केन्द्र सोसेको साझेदारीमा संञ्चालित एकिकृत परियोजनाका संयोजक रत्नबहादुर बुढाले जानकारी दिए । उपचारात्मक कक्षामा बालक तीनसय ७२ जना र बालिका तीनसय ६८ जना सहभागी छन् । गोष्ठीमा जिल्लास्थित विभिन्न राजनिति दलका प्रमुख सरकारी एवं गैरसरकारी संस्थाका प्रमुख प्रतिनिधीको उपस्थिति रहेको थियो । भने अधिकाँश सहभागीले कार्यक्रम विद्यालयमा राम्रो काम गरेकाले यस क्षेत्र बढाउनु पर्ने सुझाव दिएका थिए । त्यसैगरि सो कार्यक्रममा जिल्ला शिक्षा अधिकारीले विष्णु प्रसाद गोतामेले उजुरी सुझावले गाउँ शिक्षा समितिलाई सक्रिय बनाएको बताए । उनले भने,नेपाल सरकारको लक्ष्य पनि विद्यालयमा अभिभावकको दायित्व बोध गराउनु थियो । तर सम्भव भएन यो परियोजनाले विद्यालयमा आजभोली अभिभावकको रेखदेख बढेको देख्दा नेपाल सरकारले ल्याएको शिक्षा नारालाई समेत सहयोग पुगेको छ,उनले भने । त्यसैगरि नेपाली काँग्रेसका भुपेन्द्रबहादुर शाहीले भने,परियोजनाले काम राम्रो गरेकाले अब नमुना बनाउनु पर्ने धारणा व्यक्त गर्नुभयो । विद्यालय शान्तीका क्षेत्र भनेर विद्यालयमा विद्यार्थीको हकहितको लागि विद्यार्थीको संगठनमा रोग लगाइनु गलत भएको र यसलाई सुधार गर्नुपर्ने नेपाल क्रान्तिकारी विद्यार्थी संघकी केन्द्रिय सदस्य एवं जिल्ला अध्यक्ष पुस्पा विष्टले बताइन । उनले भनिन् ः “विद्यालय शान्ती क्षेत्र हुन भनेर जिल्ला स्थित राजनिति दलले गरेका केही प्रतिवद्धता सच्याउनु पर्छ ।”

प्रतिक्रिया