विपदको सामनाको लागि अन्न भण्डारण

विपदको सामनाको लागि अन्न भण्डारण

दैलेख, पगनाथ – ७ सानागाँउमा रहेका २५ घरधुरी मिलेर अन्न भण्डारण गरेका छन् । भारतिय नाकाबन्दी लगायत गाँउघरमा हुने विपद्को सामनाका लागि गाँउलेहरु मिलेर समुहिक रुपमा अन्न भण्डारण गरेका हुन् । aana bhandaran
भोगमारी, आगजनी, बाढीपहिरो लगायत मानविय रुपमा श्रृजनाबाट हुने विपद्मा परेकाहरुको सहयोगका लागी सवै घरधुरी मिलेर गाँउकै विचमा सुरक्षित अन्न भण्डारण गरेका हुन् । प्रत्येक घरबाट मौसम अनुसारको अन्नहरु संकलन गरेर गाँउकै सुरक्षित घरमा भण्डारण गर्ने गरेको स्थानीय कृष्ण अधिकारीले बताए । łविपद्मा सहयोगी बनाउनका भण्डारण अभियान चलाएका हौ । “स्थानीय कृष्ण अधिकारीले भने, सवैले थोरै थोरै संकलन गरेको अन्नले दुखमा परेकालाई ठुलो सहयोग पुगेको छ ।” प्रत्येक घरबाट मौसमअनुसार उत्पादन भएको अन्न आफैले लिएर स्थानीय रत्ना थापाको घरमा जम्मा गर्छन् । एक मौसममा २५ घरधुरीबाट ८० पाथी अन्न संकलन हुने गरेको अन्न भण्डारणमा सहयोग गरेकी रत्ना बताउँछिन् । उनीहरुले १ वर्षअघिदेखी अन्न भण्डारण गरेका हुन् ।
विपद् बाजा बजाएर नआउने तर, जुनसुकै बेला पनि आउनसक्ने भएकाले सवैको छलफलपछि अन्न संकलन गरी भण्डारण गर्ने निधोमा पुगेर राम्रो अभ्यास भएको गाविस सचिव उत्तम अधिकारीले बताए । łजुनसुकै परिवारमा समस्या परेपनि भण्डारणमा भएको अन्नले निकै ठुलो सहयोग गरेको छ । “गाविस सचिव अधिकारीले भने, विपद्संग सामनाको प्राथमिक तथा उत्तम उपचारनै भएको छ ।”
गाविस सचिव भन्छन् łपहिलो विपद् हुँदा गाविसकै बजेटमा भर पर्थे अहिले आफ्नो लागि आफै ब्यवस्थापनमा जुटेर उदारणीय कार्य गरेको छन् । जसले विपद्का बेला सरकारी बजेट माग्ने चलन समेत हटेको छ । उनीहरुले नयाँ बाली उत्पादन भएसंगै अन्न भण्डारणमा जम्मा गर्छन् । कुनै वर्ष कम उत्पादन भएर गाँउमा भोकमारी हुने अवस्था आएमा कम उत्पादन भएर खर्च नै टार्न नसक्नेलाई अन्न भण्डारणबाट सहयोग गर्ने गाँउलेहरुले बताए । सानातिना कामहरुमा गाविसकै बजेटकै आशमा भरपर्ने परिपार्टीको अन्त्य गरी सानागाँउका स्थानीयले आफै सक्रिय भएर विपद् ब्यवस्थापनको अभियानमा लाग्नु नमुना काम भएको भन्दै जिल्लाभर चर्चा हुने गरेको कटी गाविसका नविन दाहालले बताए ।

प्रतिक्रिया