सडक बालक घर

सडक बालक घर

ज्वाला सन्देश समाचारदाता
दैलेख,पुस १४ गते । दैलेख रानीवन ४ घर भएका एक बालकलाई उद्धार गरि घर पठाएको छ । मानबहादुर डाँगीका १३ वर्षिय छोरा सन्तोष डाँगीलाई उद्धार गरि घर पठाईएको हो ।IMG_0210
पैसा कमाउन भारत जान लागेका डाँगीलाई जमुनाह नाकाबाट जिल्ला बालकल्याण समिति बाँकेले जिल्ला बालकल्याण समिति सुर्खेतमा पठाएको र सुर्खेतले जिल्ला बालकल्याण समिति दैलेखमा पठाएको थियो । सोसेक नेपालले बालकका बाबुलाई फोन गरि साइला काका विष्णुबहादुर डाँगीको जिम्मा लगाएको एकिकृत परियोजनाका वासुदेव उपाध्यायले जानकारी दिए । उनले भने, बालकलाई विद्यालयका पोशाक र एकजोर स्वीटर सहयोग गरेका छौं ।

प्रतिक्रिया