आगोमा जलेर राउटे युवा घाइते

आगोमा जलेर राउटे युवा घाइते

ज्वालासन्देशसम्वांदाता
पिलायताडा (अछाम) पुस १४ गते । आगोमा जलेर राउटे युवा घाइते भएका छन् । घाइते हुनेमा मुखिया विरबहादुर शाही छोरा कपिल शाही हुन् ।

आगो जलेर घाइते भएका राउटे युवक कपिल शाही । उपचार नहुँदा घाईतेको शरिर गन्हाउन थालेको छ
आगो जलेर घाइते भएका राउटे युवक कपिल शाही । उपचार नहुँदा घाईतेको शरिर गन्हाउन थालेको छ

चिसोबाट बच्नको लागि राती सुत्ने ठाउँ नजिकै आगो बालेर सुतेका युवकको ओढेको कम्बलमा आगो लागेर उनको शरिर जलेको थियो । पुसको पहिलो साता आगो लागेर उनी घाइते भएका थिए ।
घाइते भएका युवकको राती त्रिपाल भित्र आगो लागेर घाइते भएको राउटे युवा प्रकाश शाहीले बताए । तातो लागि राती पाल भित्र आगो बाल्यौं,निदाएपछि ओढेको कपडामा आगलागी हुँदा कपिल पोलिएर घाइते भएको हो,उनले भने । घाइतेको पुरै शरिर जलेको छ । घाइतेको स्वास्थ्य चौकीमा उपचार नगरि बस्तीमै जडीवुटीको उपचार गर्ने गरेको राउटे अगुवा चन्द्रमान बताउँछन् । उनी भन्दछन, “हामी अस्पताल जाँदैनौं , जडीवुटीले सञ्चो हुन्छ ।”
घाइते यताउता हिडडुल गर्न सक्दैनन् । उपचार नहुँदा उनको शरिर पुरा गन्हाउन थालेको छ । आफुहरु मेडिकलमा गएर औषधी उपचार नगर्ने बरु डाक्टर आएर बस्तीमै उपचार गर्दा औषधी सेवन गर्ने घाइतेले बताए । सोमबार राहत वितरण गर्ने गएका गैरसरकारी संस्थाका कर्मचारीसँग घाइते युवकले नायिका रेखा थापासँग उपचारको लागि डाक्टर पठाई दिन खवर आग्रह गरेका थिए ।
तस्वीर ः भक्तबहादुर शाही⁄दैलेख

प्रतिक्रिया