लोकतन्त्रको पेट भर्न नयाँ शक्ति ः भट्टराई

लोकतन्त्रको पेट भर्न नयाँ शक्ति ः भट्टराई

ज्वाला सन्देश सम्वाददाता
सुर्खेत,पुस १५ गते । नयाँ शक्ति अभियानका संयोजक डाक्टर बाबुराम भट्टराईले संघिय लोकतान्त्रिक गणतन्त्रको पेट भरेर लोकतन्त्रलाई बलियो बनाउन नयाँ शक्तिको निर्माण भएको बताए । आन्तरिक नयाँ शक्ति अभियान छलफल र प्रारम्भिक भेटघाट सम्बन्ध विस्तारमा छ नम्बर प्रदेशमा पुगेका भट्टराईले यस्तो बताएका हुन ।
बुधवार सुर्खेतको फुलबारी गेष्ट हाउसमा गरिएको पत्रकार सम्मेलनमा आर्थिक विकास र समृद्धिमा जानको लागि वैकल्पिकधारको खोजी संसार भईरहेकोले नेपालमा पनि नयाँ शक्ति अभियान थालिएको जानकारी दिए । दश वर्षिय जनयुद्धबाट देशमा संघिय गणतन्त्रको स्थापना भई एक चरणको काम पुरा भईसकेकोले स्वतन्त्र रहेका युवा यस अभियान होमिने उहाँले दावी गरे ।
संविधान संसोधन गरेर प्रत्यक्ष निर्वाचनबाट प्रधानमन्त्री र राष्ट्रपतिको चयन हुनुपर्ने माग रहेको बताए । उनले भने,“अधिकाँश नेपाली जनता गरिवीको रेखामुनि रहेका छन् । नयाँ शक्ति अभियनाले २० वर्षमा गरिवी न्युनिकरण गर्ने २० वर्षमा नेपालबाट गरिवी हटाउने ४० वर्षमा आर्थिक विकास गरि नेपाललाई समृद्ध विकास गरि संसारभरि चिनाउने हो ।”
२०७२ असोज ३ मा नेपाली जनताले संविधान पाए । संविधानमा सबैका माग सम्बोधन भएनन् । अब संसोधन गरेर माग पुरा गर्नुपर्छ, उनले भने । लामो मधेश जनआन्दोलन र भारतले गरेको अघोषित नाकावन्दीले देश गम्भिर मोडमा उभिएकाले सरकारले मुख्य जिम्मेवारी लिनुपर्ने उहाँको भनाई छ । संविधान घोषणा पश्चात कर्णालीका जनताका माग पुरा भईसकेका र मधेशका माग सम्बोधनका लागि शतिप्रतिशत लिउ,दिउ कसैले पनि भन्न मिल्दैन उनले थपे । संविधान घोषणा खेलाडीका लागि मैदान भएकाले खेल खेल्नको लागि देशले नयाँ शक्तिको खोजेको हो ।
संविधान संसोधनको मुख्य माग रहेको छ । छनौट हुनुपर्ने नयाँ शक्ति संविधान संसोधनको मुख्य माग प्रधानमन्त्री र राष्टपति प्रत्यक्ष निर्वाचिनेपाली जनताले आफु माथि गरेको विश्वास निराशमा परिवर्तित अपुरै रहेका जटिल मोडमा नयाँ शक्तिको निर्माण गरिएको हाका निर्माण थालिएको डाक्टर बताउनुभयो । अभियान थालिएको संयोजक डा. बाबुराम भट्टराई बताउनुभयो ।

प्रतिक्रिया