एक नेपालीले आत्महत्या गरे

एक नेपालीले आत्महत्या गरे

शेरबहादुर थापा
मुम्बई, १७ पुस । विगत साढे दुइवर्ष भन्दा बढि समय सम्म वोरीवली स्थित चारकोपको स्वेतेम्बर अपार्टमेन्टमा वाचमेनको काम गरिरहेका एक युवाले आत्महत्या गरेकाछन् । अछाम जिल्लाको रामारोसन गाविस वार्ड नं २ स्थायी बसोबास भएका भगत टमट्टाले आत्महत्या गरेका हुन । उनलाई आज विहान करिब ११ बजे पंखामा पासो लगाई झुण्डिएको अवस्थामा फेला पारीएको थियो । विल्डीगंको छतमा बनाइएको एक कोठामा बस्ने टमट्टाले भित्रबाट कोठा बन्द गरि आत्महत्या गरेका सोही गाविस वार्ड नं ३ बस्ने देवेन्द्र परियारले नेपाल न्यूजलाई बताए । उनका अनुसार नेपालमा टमट्टाका श्रीमती, २ छोरा र एक छोरी समेत छन् । सबैसँग मिलनसार रहेका भगतले आत्महत्याको कारण खुल्न सकेको छैन । अहिले स्थानीय प्रहरीले घटनाको छानविन गरिरहेका छ ।

प्रतिक्रिया