विदेशियका यूवा कृषि व्यवसायमा जुर्मुराउँदै

विदेशियका यूवा कृषि व्यवसायमा जुर्मुराउँदै

पगनाथ गाविस समग्र सामाजिक तथा आर्थिक विकास विस्तारमा कृषि, वन, पशु, फलफूलको स्थान महत्वपूर्ण छ । सरकारी तथा गैर सरकारी क्षेत्रबाट गरीबी निवारण तथा न्यूनिकरणका लागि गरिएका प्रयासका बावजुद पनि व्यापक गरीबी, बेरोजगारी रहनु एक चुनौतीपूर्ण अवस्था बनेको छ । नेपाल एक कृषि प्रधान देश भए पनि विकसित बजार प्रणालीको अभाव, उत्पादीत वस्तुको बजारमा लैजान आवश्यक पर्ने साधन सहजै प्राप्त नहुनु लगानीका लागि उपयुक्त वातावरण नबन्नु, सामाजिक, साँस्कृतिक मूल्य र मान्यताले पनि व्यवसायिक तथा आधुनिक कृषि खेती तिर फड्को मार्न नसकी समग्र ग्रामीण अर्थतन्त्रलाई प्रभाव पारिरहेकोछ ।

पगनाथको वार्नेमा युवाहरुको तरकारी खेति र गुम्वज
पगनाथको वार्नेमा युवाहरुको तरकारी खेति र गुम्वज
पगनाथको वार्नेमा युवाहरुको तरकारी खेति र गुम्वज
पगनाथको वार्नेमा युवाहरुको तरकारी खेति र गुम्वज

दैलेख जिल्ला इलाका नं. ४ स्थित ग्रामीण पहूँच कार्यक्रम तेश्रो चरणको आर्थिक सहयोगमा हेल्भेटास स्वीस इन्टरकोअपरेशन नेपालको कार्यान्वयन सहयोगमा सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखको सहजीकरणमा सञ्चालित सामाजिक तथा आर्थिक विकास कार्यक्रम अन्तरगत चुप्रा मेहेलतोली सडक खण्ड अन्तरगत यस पगनाथ गाविसमा जनवरी २०१५ देखि लागु भइरहकोछ । हालसम्म उक्त समूहमा तालिम तर्फ समूह व्यवस्थापन, ऋण तथा वचत, उत्पादन प्रविधि, नर्सरी व्यवस्थापन, माटो व्यवस्थापन, बाली संरक्षण र पोष्ट हार्भेट सम्म सम्पन्न भएको छ । बीउ तथा सामग्री तर्फ स्थानीय एग्रोभेट मार्फत गुमोज, काउली, बन्दा, भेडे खुर्सानी, प्याज र सिँचाईका लागि पाईप सहयोग यस कार्यक्रमबाट उपलब्ध गराइकोछ ।
बार्नेको यस भगवती कृषक समूहका यूवा कृषकहरु पैसा कमाउन तथा घर परिवारको खर्च धान्न हम्य हम्य परेपछि विदेश जानका लागि तयारी गरिएका पासपोर्ट (भिस्सा) हाल दराजमा थन्काएर व्यवसाय तथा आधुनिक कृषि खेती तिर लागि परेको यूवा कृषक कृष्णप्रसाद अधिकारी बताउँछन् । २ वर्ष कतारमा बिताई धेरै दुःख कष्ट बिताई न भनेको जस्तो आम्दानी न घर परिवारसँग भेटन पाउने तर हाल सम्पूर्ण परिवार सहित कृषि पेशाको व्यवसायिक रुपमा लाग्दा धेरै मन खुसी भएको बताउछन् इन्द्रलाल अधिकारी । यसै गरी वैदेशिक रोजगारको लागि पासपोर्ट (भिस्सा) तयार गरेको राजेन्द्र अधिकारी, टोपेन्द्र अधिकारी, कृष्णप्रसाद अधिकारी, प्रेमप्रसाद अधिकारी, मोहन थापा, दिपक खड्का, खगेन्द्रप्रसाद अधिकारी हाल पासपोर्ट (भिस्सा) दराजमा थन्काएर महादेव कृषि उपज संकलन केन्द्र पगनाथ ९ हुलाकटाकुरामा संयुक्त रुपमा २०७३ बैशाख मसान्त सम्ममा कृषि उपज ८० क्विन्टल सम्झौता भइसकेको स्थानीय संकलक केशवराज खत्री बताउँछन् ।
बजार विकास, मूल्य, श्रृंखलाका पात्रहरु, विश्वसनिय वातावरण श्रृजना भएश्को हुदाँ बजारको माग अनुसार उत्पादन गरी व्यवसायिक तथा आधुनिक कृषि खेती तिर प्रत्यक्ष यूवाहरुलाई संलग्न गराउन यस सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखबाट परिचालन भएका स्थानीय श्रोत व्यक्ति मिनकुमार खत्री स्थानीय व्यवसाय सेवा प्रदायक केशवराज खत्री प्रत्यक्ष सरोकार खारी प्राविधिक सर सल्लाहमा सोसेक नेपालका कर्मचारीहरुको अमूल्य योगदान रहेको समूहका अध्यक्ष खगेन्द्रप्रसाद अधिकारी बताउँछन् । प्रत्येक यूवा कृषकको खेतबारीमा बेमौषमी काँक्रा र करेला, बन्दा, काउली, प्याज, खुर्सानी धेरै मात्रामा हरियाली देख्न पाइन्छ ।
नेपाल कृषि प्रधान देश हो । हामी ढुक्क साथ भन्ने गरिरहेकाछौ । हाल भारतको अधोषित नाकाबन्दीबाट परि रहेको नेपाल पिडा सारथी जीवन बिताइरहेका छन् । नेपालमा नै उत्पादन हुने धान, मकै, कोदो, अन्नबाली, ताजा तरकारी, मासु पनि भारतबाट नपठाउँदा पनि दुःख कष्ट जीवन बिताउन बाध्य छन् । यति सम्म परनिर्भर भइृ सकेका रहेकाछौं । जसरी यी बार्नेका यूवाहरु नेपालको भूमिमा नै सुन फलाउछौं भाग्य निधारमा होइन पसिनाको थोपा थोपामा हुन्छ भन्दै आफ्नै देशमा मेहनत र परिश्रम गरेर अघि बढेका छन् । यस्ता यूवाहरुमा त्यस्तो वातावरण श्रृजना बनेको छैन् । पैसा कमाउन विदेश जान्छौं भन्छन् विदेशमा पनि रुपैयाको बोट नभेटेपछि होइन अब भएन आफ्नो परिवारसँग बसेर यदि सँग दुःख गरेत किन नहोला भन्दै आफ्नै खाली हात फरकन्छन् । ती फर्केका यूवाहरुलाई आधुनिक तथा व्यवसायिक कृषि खेतीमा संलग्न हुने कार्यक्रम तथा योजना तयार सम्पूर्ण सरोकारवालाको ध्यान दिनु पर्ने देखिन्छ भन्छन् वन प्राविधिक भिमसेन खड्का र आधुनिक र व्यवसायिक खेतीमा यूवाहरु प्रत्यक्ष संलग्न भए मात्र देशको सामाजिक तथा आर्थिक विकास तथा विस्तार भई देश आत्म निर्भर हुन् सक्दछ ।

प्रतिक्रिया