सरकार ढलाउन महान योजना (Grand Design) ः कोइराला

सरकार ढलाउन महान योजना (Grand Design)  ः कोइराला

ज्वाला सन्देश सम्वाददाता
दैलेख, पुस १९ गते । नेपाली काँग्रेसका पुर्व उपप्रधानमन्त्री एवं परराष्ट्र मन्त्री नेतृ सुजाता कोइरालाले सरकार ढलाउनका लागि महान योजना (Grand Design)  भइरहेको बताउनु भयो । आइतवार नेपाली काँग्रेस पार्टी कार्यालय उद्घाटन गर्न दैलेख पुग्नु भएको नेतृले वर्तमान सरकारलाई ढलाउनका लागि संविधान विरोधीले ग्रानडिजाइन गरेको आरोप लगाउनुभयो । SAM_6227
राष्ट्रिय मेलमिलाप एकता नेपाली काँग्रेसको लाइन भएकाले तीनदलको मेलमिलाप गरेर संविधान ०७२ घोषणा गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो,तीन दलले धेरै षडयन्त्रका बाबजुद नेपाली जनताका अधिकार स्थापित गर्न र देशलाई सक्रमणकालबाट मुक्त गर्न संविधान ल्यायौं । तीनदलको एकताले संविधान आएको र अब संघिय लोकतन्त्र गणतन्त्रलाई संस्थागत गर्न कसैले पनि एक्लिएर जान हुदैन् उहाँले थप्न्ुभयो ।
नेतृ कोइरालाले पार्टी भित्र गुटवन्दीले पार्टी कार्यकर्ता निराशा छाएकाले १३ औं महाधिवेशनबाट कार्यकर्ताले गुटवन्दी गर्नेलाई ठेगान लगाउने दाबी गर्नुभयो । पत्रकारको प्रश्नको जवाफमा उहाँले भन्नुभयो,कार्यकर्ताले अब नयाँ व्याट्री रिचार्ज भएको हेर्ने इच्छा भएकाले पार्टी सभापतिमा आफ्नो उम्मेदवारी दिने जानकारी दिनुभयो ।
छिमेकी देश चीनको प्रतिस्पर्धा अमेरिका सँग छ । दुईवटा मुलुक राम्रो हुनु नै हाम्रो विकासमा परिवर्तन देखिएको छ । देशमा सबै प्रजातन्त्रवादी भइसकेकोले सबै दलको ध्यान विकासोन्मुखतिर लाग्नु पर्ने उहाँको तर्क थियो । मधेश आन्दोलन र अघोषित भारतीय नाकावन्दीले नेपाल भन्दा भारतलाई बढी घाटा लागेको छिटै नाकावन्दी हट्ने दाबी गर्नुभयो । मधेश मोर्चा चार महिना आन्दोलन गरे अहिलेसम्म हातमा केही नलागेको त्यसको लागि वार्ताबाट समझदारीमा आउनु विकल्प छैन उहाँले जिकिर गर्नुभयो । नेपालको आर्थिक वृद्धिदर न्यून रहेकाले नेपाल दरिद्रमुलकमा रहेका देशका युवालाई नारा जुलुस देखी टाढा राखेर व्यापार उद्योगमा लगाएर समवृद्ध नेपाल बनाउने आफ्नो चाहाना रहेको छ ।

प्रतिक्रिया