श्रीमानको वैदेशिक आम्दानीलाई कृषि पेशाले उछिन्दै ।

श्रीमानको वैदेशिक आम्दानीलाई कृषि पेशाले उछिन्दै ।

ज्वाला सन्देश सम्वाददाता
दैलेख जिल्ला नारायण नगरपालिका वडा नंं. ४ भिरमौरा स्थित भिरमौरा कृषक समूह एक सक्रिय समूह हो । दैलेख सदरमुकाम नै यस भिरमौराको मुख्य बजार हो । यस समूहका सबैको मुख्य आम्दानीको श्रोत भनेको नै कृषि पेशा रहेकोछ ।

भिरमौरा कृषि तथा विउ उत्पादन समुहका प्लाष्टिक गुम्वज र तरकारी खेती पछाडी कोषाध्यक्ष पद्मा मल्लको घर
भिरमौरा कृषि तथा विउ उत्पादन समुहका प्लाष्टिक गुम्वज र तरकारी खेती पछाडी कोषाध्यक्ष पद्मा मल्लको घर
भिरमौरा कृषि तथा विउ उत्पादन समुहका कोषाध्यक्ष पद्मा मल्लको टमटर खेति
भिरमौरा कृषि तथा विउ उत्पादन समुहका कोषाध्यक्ष पद्मा मल्लको टमटर खेति

निर्वाहमूखि खेतीमा बढी कृषक संलग्न हुदै आएका छन् । अन्नबाली तर्फ धान, मैक, गहुँ भने तरकारी तर्फ काउली, बन्दा, टमाटर, मुला, तितेकरेला, काँक्रा, पशुपालन तर्फ भैसी, गाई, बाख्रा र भेडा जस्ता निर्वाहमूखि कृषि पेशाबाट जीविका चलाउने गर्दछन् यस समुदायका बासिन्दाहरु ।
यस भिरमौरा कृषक समूहमा परम्परागत कृषिक खेतीको बाहुल्यता थियो । परम्परागत सामाजिक मूल्य र मान्यताको बाहुल्यता रहेको यस समूहलाई व्यवसायिक कृषि पेशामा लाग्न समुदायका विपन्न, गरीब घरधुरी छनौट गरी सामाजिक तथा आर्थिक स्तरमा सुधार ल्याउने उद्देश्यका साथ सन् २०१५ देखि ग्रामीण पहूँच कार्यक्रम तेश्रोको आर्थिक सहयोग, हेल्भेटास स्वीस इन्टरकोअपरेशन नेपालको कार्यान्वयन सहयोग र सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखको सहजीकरणमा सञ्चालित सामाजिक तथा आर्थिक विकास कार्यक्रम अन्तरगत देशिगाँडे महाबु सडक खण्ड अन्तरगत भिरमौरा कृषक समूहमा क्रियाकलाप संचालन गरिएको छ ।
यस कार्यक्रमबाट उक्त समूहलाई तालिम तर्फ समूह व्यवस्थापन, ऋण तथा वचत, उत्पादन प्रविधि र पोष्ट हार्भेट, सामग्री सहयोग अन्तरगत गुमोज ९ वटा, विषादी तयारका लागि ५ वटा ड्रम, हजारी ५ वटा, स्प्रे टयांकी १ वटा, बीउ विजनमा काउली, बन्दा, टमाटर, काँक्रा, करेला, जुकेनी फर्सी, मूला, धनिया समूहको आवश्यकता र माग अनुसार स्थानीय बेलासपुर एग्रोभेट सेन्टरमार्फत उपलब्ध भएको समूहका अध्यक्ष कुशुमा मल्लले बताइन । जसमा मूल्य श्रृंखलाका पात्रहरु बीच विश्वसनिय वातावरण श्रृजना गर्न स्थानीय सेवा प्रदायक डिल्लीप्रसाद शर्मालाई कार्यक्रमबाट परिचालन गरिएको छ भने प्राविधिक सहयोगका लागि कर्मचारी विनोद बुढाक्षेत्री र राजेन्द्र माझी परिचालित छन् ।
यसै समूहकी सक्रिय कृषक हुन् पदमा मल्ल । वर्ष ३५ की पदमाको परिवारमा श्रीमान श्रीमती दुई छोरा र एक छोरी गरी कूल ५ जनाको परिवार रहेको छ । चरम गरीबीका कारण श्रीमान रोजगारीको शिलशिलमा मलेशिया रहेकाछन् भने पद्मा आफ्नै घरबारीमा ताजा तरकारीको व्यवसायिक खेतीमा तल्लिन रहेकीछन् । व्यवसायिक योजना निर्माण गरी कृषक व्यवसायमा लागि परेकी पद्मा समूहकी उदाहरणीय सदस्य बनेकी छन् । भदौ देखि पौष पहिलो हप्ता सम्म आलु, काउली, बन्दा र मूलाको उत्पादनबाट रु ५० हजार आम्दानी गरेकी पद्माले प्लाष्टिक घर भित्र बेमौषमी टमाटर ३ सय केजी उत्पादनबाट मनग्य आम्दानी गर्ने बताउछिन् । नजिकैको देशिगाँडे बजारमा स्थापना भई सञ्चालनमा रहेको हरियाली कृषी उपज संकलन केन्द्रसँग लिखित सम्झौता गरी कृषि उपज उत्पादनमा लागेकी पद्मालाई उत्पादित कृषी उपजले बजार नपाउने होकी भन्ने शंका छैन् । विदेशमा रोजगारीका लागि गएका श्रीमानको आम्दानी र आफ्नो तरकारी खेतीको आम्दानीलाई तुलनात्मक रुपमा हेर्न थालेकीछन् । वैदेशिक रोजगारीको आम्दानीलाई तरकारी खेतीको आम्दानीले उछिनछु भन्छिन् पद्मा । साथमा रहेका २ छोरा र १ छोरीलाई स्थानीय देशिगाँडे बजारमा सञ्चालित नीजि विद्यालयमा पढाएकी पद्माले छोराछोरीको पढाई खर्च तरकारी खेतीकै आम्दानीले धान्ने गरेको बताउछिन् ।

प्रतिक्रिया