वजेट सुरक्षित गर्दै ग्रामिण महिला

वजेट सुरक्षित गर्दै ग्रामिण महिला

महेन्द्र सापकोटा
दैलेख – केहि वर्ष अघिसम्म कुनै भेलामा आफ्नो परिचय दिन समेत अफ्ठ्यारो मान्ने ग्रामिण भेगका महिलाहरुलाई अहिले असारे चटारोले छोएको छ । आगामि आर्थिक वर्ष ०७३÷०७४ का लागि गाविस नगरपालिकामा वडा भेला भैरहँदा ग्रमिण भेगका महिलाहरु आफ्नो लक्षित वजेट सुरक्षित गर्न लागि परेका हुन् । photo
स्थानीय निकाय कार्यविधि २०६४ अनुसार महिला लक्षितका लागि छुट्याइएको १५ प्रतिशत वजेटका लागि उनिहरुले कुन कार्यमा विनियोजन गर्ने भन्दै छलफल तथा भेलामा जुटेका छन् । विगतमा गाविसको वजेटको वारेमा केहि थाहा नपाउने महिलाहरु आहिले आफ्नो अधिकार र क्षेत्रको वारेमा सक्रिय भई चासो दिन थालेको नागरिक सचेतना केन्द्र द्धारी १ की संयोजक नर्मा रास्कोटीले बताइन् । ‘गाउँ गाउँमा वडा नागरिक मंच र नागरिक सचेतना केन्द्र गठन पछि हामि महिलाहरुको अधिकारका वारेमा जानकारी भएको हो’ संयोजक रास्कोटीले भनिन्, ‘मंन्च र केन्द्रले गर्दा गाउँमा हुने हरेक विकास देखि अन्य भेलामा पनि महिलाहरुको सक्रियता वढ्दै आएको छ ।’
गाउँ परिषद् नजिकिदै गर्दा महिलाहरु वडा भेला गरी आफ्ना मागहरु छनौट गरेर पेश गर्नका लागि सक्रिय हुदै आएका छन् । परिषद्मा पेश गर्नका लागि वडा भेला भएर लक्षित रकमको दुरुपयोग हुन नदिन आफुहरु लागि परेको द्धारी २ भुरुङ्गे नागरिक सचेतना केन्द्रकी सदस्य गंगा वरै वताउँछिन् । टोल र वडाको महिलाहरुका समस्याको वारेमा सामुहिक काममा लक्षित रकम लगानी गर्नका लागि विभिन्न निर्णय गरेका छौ’ सदस्य वरैले भनिन्, ‘गत वर्ष देखिनै यस्तै क्षेत्र लगाएत गाविसका विकासे गतिविधीहरुमा हाम्रो सचेतना केन्द्रले निगरानी समेत राख्दै आएको छ ।’ सचेतना केनद्रले गाविसमा विनियोजित रकम दुरुपयोग नहोस् भन्दै गत वर्ष गाविस अनुगन समेत गरेको केन्द्रकी सदस्य वरैले वताइन् ।
जिल्लामा बाट प्राप्त मार्ग निर्देशन र बजेट सिलिङ्गको आधारमा रहि गाविस तथा नगरपालिकाहरुमा आगामि आर्थिक वर्ष ०७३÷०७४ का लागि धमाधम पुर्व योजना तर्जुमा बैठक गरिएको छ । स्थानीय निकाय श्रोत परिचालन तथा व्यबस्थापन कार्यविधि २०६९ को दफा २० उपदफा ५ बमोजिम सहभागितामुलक समावेशि योजना तर्जुमा प्रक्रियाको १४ चरणहरु स्थानीय निकायले तोकेको समय सिमा भित्र सम्पन्न गर्नु पर्ने प्रावधान अनुसार वडा भेला सम्पन्न गरिएको लालिगुराँस वडानागरिक मञ्च द्धारीका संयोजक गोकुलबहादुर घर्तीले वताए । ‘मार्ग निर्देशन माथि गाविस स्तरमा रहेका सम्पूर्ण सरोकारवालाको उपस्थिितिमा छलफल तथा विष्लेषण गरिएको छ’ उनले भने, ‘महिला, बालबालिका,पिछडा वर्ग,कृषि लक्षितका साथै पुर्वाधारजन्य योजना वस्ति तथा टोल स्तर वाटै प्राथामिकीकरण गरी योजना छनौट गर्नेबारे बृहत छलफलका गरेका हौं ।’
योजना तर्जुमाको चौथो चरण अन्र्तगत तोकिएको समय सिमा पौषको पहिलो हप्ता भित्र गाविस स्तरमा पुर्व योजना तर्जुमा गर्नु पर्ने प्रावधान अनुसार द्धारी गाउँ विकास समिति अन्र्तगतका विभिन्न सरोकारवालाहरु नागरिक समाज, वडा नागरिक मंचका संयोजक नागरिक सचेतना केन्द्रका संयोजक,एकिकृत योजना तर्जुमा समितिका पदाधिकारी लगाएतसंग छलफल गरी गाउँ परिषद्को तयारी गरिएको स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम अन्तरगत द्धारीकी सामाजिक परिचालक पुष्पा सापकोटाले वताइन् ।

प्रतिक्रिया