ट्याक्टर दुर्घटना हुदा दुई जनाको मृत्यु

ट्याक्टर दुर्घटना हुदा दुई जनाको मृत्यु

ज्वााला सन्देश सम्वाददाता

दैलेख पौष २१ गते ना.न.पा. ५ स्थीत छातिकोट मालिकाचौर नजिक लु ३ त १५५२ नम्बरको ट्याक्टर दुर्घटना हुदा दुई जनाको मृत्यु भएको छ । यस्तै एक जना गम्भिर घाइतेलाई थप उपचारका लागी कोहलपुर मेडिकल कलेजमा रिफर गरिएको छ । सदरमुकाम देखि ६ किलोमिटर पुर्वमा पर्ने तोली गाविस तर्फ खानेपानीको पाइप लगायतका समान लिएर जादै गरेको ट्याक्टर दुर्घटनामा परी तोली ३ का ५६ वर्षिय इन्द्र बहादुर थापाको घटना स्थलमा र सोही गाविसकी ३६ वर्षिय ज्योती रानामगर दैलेख वजारमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा नारायण नगरपालिकाका ५० वर्षिय लक्ष्मी कोइराला गम्भिर घाइते भएको प्रहरीले जनाएको छ । ओरालोमा गुडिरहेको ट्याक्टरको पछाडी झुन्डिएका बालबालिकालाई बचाउन खोज्दा अन्यिन्त्रित भई सडक देखि करिब १५० मिटर तल खसेको प्रहरीले बताएको छ । टयाक्टर चालक अहिले फरार रहेको र उनको खोजी कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ ।

प्रतिक्रिया