अमेरिकी नागरिकको पञ्चकोशी बारे लेख्ने चाहना

अमेरिकी नागरिकको पञ्चकोशी बारे लेख्ने चाहना

एक जना अमेरिकी नागरिकले दैलेखको पञ्चकोशी तीर्थस्थलको प्रचार प्रसार गर्ने उद्देश्यका साथ दैलेख आउनु भएको छ । काठमाण्डौंको लिंकन कलेजमा ३० वर्ष अध्यापन गर्नु भएका ७२ वर्षीय ‘विलियम फोरसेव’ नामका ती नागरिकको चाहनालाई दैलेख उद्योग बाणिज्य संघले आज एक समारोहवीच स्वागत गरेको छ । Panchakoshi american
संघका जिल्ला अध्यक्ष शान्तिप्रसाद शर्माले धार्मिक पर्यटनको संभावना रहेको दैलेखलाई चिनाउन चाहने अमेरिकी नागरिकको यो चाहनाको कदर गर्नुपर्छ । उहाँले अगाडि भन्नुभयो हिन्दू भएको नाताले पनि पहिलो पटक विलियम दैलेख आउनु भएको बताउनुभयो ।
विलियमले नेपालको प्राकृतिक सौन्दर्यता बारे ‘ द ग्लोरी अफ नेपाल’, पशुपतिनाथको गौरब समेट जोडिएको ‘होली बागमती रिभर’ र शिक्षा आर्जनमा धार्मिक बिश्वास बारे ‘सरस्वती सुतम्’ नामक पुस्तक लेख्नुभएको छ ।
नेपालको प्राकृतिक, साँस्कृतिक र धार्मिक महिमा बारे लेख्ने बिशिष्ट लेखकको रुपमा चिनिएका ‘विलियम फोरसेव’ले आफू हिन्दू भएकोले पनि पहिलो पटक दैलेख आएको बताउनुभयो । विलियमले केही दिन दैलेखका प्रमुख धार्मिक तीर्थस्थलको अवलोकन गर्ने जानकारी दिनुभएको छ । उहाँलाई समाजसेवी बिश्व केसीले दैलेख ल्याउनु भएको हो ।

प्रतिक्रिया