बासनिगालोमा आधारीत १ महिने सामाग्री निर्माण तालिम सम्पन्न ।

बासनिगालोमा आधारीत १ महिने सामाग्री निर्माण तालिम सम्पन्न ।

“व्यवसायिक सीप सिकौ स्व रोजगारी सृजना गरौ”भन्ने मुलमन्त्रलाई आत्मसाथ गरी ग्रामिण पहुचकार्यक्रम को आर्थिक सहयोग तथा हेल्भेटास स्विसइन्टरकोपेरेशन नेपालको कार्यान्वयन सहयोगमा र सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल को सहजिकरणमा संचालित सामाजिक आर्थिक बिकास कार्यक्रम, अन्र्तगत हेल्भेटास स्वीस ईनटरकोपरेशन नेपालको आयोजनामा संचालन गरीएको १ महिने बास तथा निगालोमा आधारीत सामाग्री निमार्ण तालिमको आज समापन भएको हो ।

बाँस निगालोमा आधारीत १ महिने सामाग्री निर्माण तालिम
बाँस निगालोमा आधारीत १ महिने सामाग्री निर्माण तालिम
बाँस निगालोमा आधारीत १ महिने सामाग्री निर्माण तालिम
बाँस निगालोमा आधारीत १ महिने सामाग्री निर्माण तालिम

सम्वन्धित क्षेत्रका पछाडि पारीएका तथा ३ महिना भन्दा माथि खान नपुग्नेहरुलाई यस तालिम मार्फत सिप सिकाइ उनिहरुको स्वरोजगार श्रृजना गर्ने उदेश्यले तालिम संचालन गरीएको थियो । तालिमको समापनको अवसरमा ग्रामिण पहुच कार्यक्रमका सामाजिक आर्थिक विकास अधिकृत खिमराज रेग्मी, हेल्भेटास स्वीस ईन्टरकोपेरेशनका जिल्ला कार्यक्रम वयवस्थापक प्रदिपराज रोकाया त्यसैगरी व्यवसायिक सेवा पदायक अधिकृत सुनितायादव र स्थानिय सेवा प्रदायक संस्था सोसेक नेपालका सामाजिक आर्थिक विकास कार्यक्रमका, कार्यक्रम अधिकृत रत्न प्रसाद चौलागाई सहभागि भएका थिए । तालिमका ३ जना महिला र ७ जना पुरुष गरी जम्मा १० जना सहभागि रहेका थिए । तालिमको सहजिकरण अमृत रीजालले गर्नु भएको हो । तालिमको अवधिमा वास वाट मुढा, जुत्ता राख्ने र्याक, फाईल र्याक जस्ता सामाग्रीहरु निर्माण गरीएको हो । तालिम समापन कार्यक्रमको क्रममा एक एक गरी सहभागिको विचार लिईएको थियो । त्यसका साथ साथै कार्यक्रमको अन्तमा सहभागिको तर्फवाट वोल्नु हुदै मणीराम जैसी ले तालिम एकदमै लाभ दाएक भएको र धेरै कुराको सिप सिक्ने चाहानाहुदाहुदै समयको पाउवन्धिका कारण आज समापनभएपनि अझै आगामि दिनमा यसको थप प्याकेज भएमा खुसि हुने वताए । त्यसै क्रत्रमा ंसंस्थाको तर्फवाट वोल्नु हुदै श्रीहेल्भेटास स्वीस ईन्टरकोपेरेशनका ाजिल्ला कार्यक्रम व्यवस्थापक प्रदिपराज रोकाया ले यहासिकेका ज्ञान र शिपलाई आपनो मुख्य पेशाकै रुपमा अगाल्नु हुनेछ भन्नेमा आफु विश्वस्तभएको वताउनु भयको हो । कार्यक्रमको अन्तमा, ग्रामिण्म पहुच कार्यक्रम का सामाजिक आर्थिक विकास अधिकृत खिमराज रेग्मी ज्यू ले समापनको क्रममा वोल्नु हुदै यहाको तालिम राम्रो भएको र आगामि दिनमा तपाईहरुले आपनो सिपलाई विस्तारका साथै प्रशिक्षकरुपमा पनि कामगर्न सक्ने र यसलाई मुख्य पेशाकै रुपमा अगाल्दै आत्मनिर्भर हुनेमा आफु विस्वस्त भएको वताउदै यहाहरुको व्यवसायिक सफलताको शुभकामना व्यक्त गदै समापनको गर्नु भयो ।

प्रतिक्रिया