सडक, पानी, बत्ती होईन भत्ता बढाउनु भनेका हौ ः राउटे मुखीया

सडक, पानी, बत्ती होईन भत्ता बढाउनु भनेका हौ ः राउटे मुखीया

दैलेख पौष २८ – राउटेहरुको महाव पर्व माघी नजिकिदै गर्दा राउटे मुखीया सुर्यनारायण शाहीले सरकारले दिएको भत्ता कम भएको गुनासो गरेका छन् । अछामको रानिवन – ३ पियलतडामा रहेको राउटे बस्तीमै पुगेर रिपोर्टर्स क्लव दैलेखले राउटे मुखियाहरुसंग राउटेहरुको समस्या सम्वन्धी गरेको साक्षात्कार कार्यक्रममा मुखीया सुर्यनारायण शाहीले सरकारसंग सडक, पानी बत्ती नमागेको तर, आफुहरुलाई दिईदै आएको भत्ता बढाउन बारम्वार प्रधानमन्त्रीसंग कुरा पु¥याउदा समेत सुनुवाई नभएको गुनासो गरेका हुन् ।

अछामको रानीवन –३ पियलतडामा रहेको राउटे बस्तीमै गरिएको साक्षात्कार कार्यक्रममा बोल्दै राउटे मुखिया सुर्यनारायण शाही
अछामको रानीवन –३ पियलतडामा रहेको राउटे बस्तीमै गरिएको साक्षात्कार कार्यक्रममा बोल्दै राउटे मुखिया सुर्यनारायण शाही

मन्त्रीदेखी प्रधानमन्त्रीसम्म राउटेको दुखका बारे खवर पु¥याउदा समेत सुनुवाई नभएको राउटे मुखियाहरुले दुखेसो पोखे । सरकारले सवैलाई तलवभत्ता बढाउछ तर, आफुहरुको भत्ता कहिल्यै नी नबढाउने भन्दै राउटे मुखीयाहरुले गुनासो गरेका हुन् । हाम्रा जनताहरु दुखमा बाँचेका छन् । राउटे मुखिया सुर्यनारायण शाहीले भने, उही पुरानै भत्ताले कति दिन जनता पालिने हुन् । माघी नजिकियाको छ खाने कुरा छैन् । आफुहरुले बनाएका काठका सामाग्री पनि विक्न छाडेपछि भत्ताकै भरमा जनताहरु हुने भएकाले भत्ता बढाएर प्रतिब्यक्ति २ हजार पु¥याउनुपर्ने राउटेमुखियाहरुको जोड् थियो । रिपोर्टर्स क्लव दैलेखले राउटेहरुको समस्याका बारे मुखियाहरुसंग अन्र्तक्रिया चलाएको थियो । यसअघि बावुराम भट्राई अर्थमन्त्री हुँदा मासिक प्रतिब्यक्ति ५ सय रुपैँया भत्ता दिने निर्णय गरिएको राउटेहरुलाई पछि १ हजार रुपैँया दिने ब्यवस्था मिलाईएको थियो । कार्यक्रममा राउटे मुखीयाहरु डिलबहादुर शाही, विरबहादुर शाही र सुर्यनारायण शाहीले बोलेका थिए ।
तस्विर ः गोविन्द केसी

प्रतिक्रिया