शिक्षाले जीवन सफल

शिक्षाले जीवन सफल

निमित्त स्थानीय विकास अधिकारी होमनाथ पौडेलले इच्छा शक्तिले आर्जन गरेको शिक्षाले मानिसको जीवन सफल बनाउने बताउनुभएको छ । यूएसएडको किसान परियोजनाले सञ्चालन गरेको १ वर्षे व्यवसायिक साक्षरता कार्यक्रमको समापन समारोहमा उहाँले भन्नुभयो विद्वान र निरक्षरको पातलो घेरा शिक्षाले तोड्छ ।BLS (1)
त्यस बखत विद्यालय निरीक्षक झलक कोइरालाले व्यक्तिलाई व्यवसायिक क्षमता विकास गर्न समुदायलाई प्रशिक्षित गरिनु उत्तम कुरा भएको बताउनुभयो । उहाँले यस्ता कार्यक्रमलाई सरकारी निकायसंग समन्वय अझैं बढाउन सुझाव दिनुभयो ।
यूएसएडको किसान परियोजनाले समुदायमा उत्पादित कृषि उपजहरुको बजार प्रवद्र्धन सघाउन दैलेखका १७ गाविसका ६३ वटा समूहलाई १ वर्ष व्यवसायिक साक्षरता कार्यक्रम सञ्चालन गरेको थियो । उक्त कार्यक्रममा कुल १६ सय ७१ जनाले ज्ञान सीप हासिल गरेको जिल्ला कार्यक्रम संयोजक मधुसुदन राउतले जानकारी दिनुभयो ।

प्रतिक्रिया