लायन्स क्लवद्वारा खाजा वितरण

लायन्स क्लवद्वारा खाजा वितरण

लायन्स क्वल अफ दैलेखले दैलेख सदरमुकामको बाल मन्दिरका बालबालिकालाई आज दिवा खाजा वितरण गरेको छ । क्लवका जन्मदाता मेलविन्स जोनको जन्म दिवसको अवसर पारेर सो विद्यालयका १ सय ३८ बालबालिकालाई खाजा वितरण गरिएको हो । Lions
खाजा वितरण कार्यक्रममा लायन्स क्वल अफ दैलेखका अध्यक्ष बासना थापा, निर्देशक खमबहादुर थापा, उपाध्यक्षद्वय टोपबहादुर बुढा, भीमबहादुर बिष्ट, सचिव निकुला शाही, सदस्यहरु नरेन्द्रबहादुर थापा, नरेन्द्र केसी, पीआर रामबहादुर थापा र बाल मन्दिर प्राविका प्रधानाध्यापक टीकाकुमारी थापा उपस्थित हुनुहुन्थ्यो ।

प्रतिक्रिया