सुरक्षित घर नै जोखिम न्यूनीकरण ः साँसद थापा

सुरक्षित घर नै जोखिम न्यूनीकरण ः साँसद थापा

दैलेख क्षेत्र नं. १ का साँसद अम्मरबहादुर थापाले भूकम्पीय जोखिम न्यूनीकरण गर्न सुरक्षित घर नै पहिलो आधार भएको बताएका छन् । १८ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा जिल्ला विपद व्यवस्थापन समितिको आयोजनामा दैलेख सदरमुकाममा शनिवार आयोजित प्रवचन कार्यक्रममा उनले त्यसो भनेका हुन् ।

कार्यक्रममा वोल्दै छात्रा अमृता रेग्मी
कार्यक्रममा वोल्दै छात्रा अमृता रेग्मी
वजार परिक्रममा गर्दै र्याली
वजार परिक्रममा गर्दै र्याली
कार्यक्रममा वोल्दै माननिय सांसद अम्मर वहादुर थापा
कार्यक्रममा वोल्दै माननिय सांसद अम्मर वहादुर थापा

साँसद थापाले भने ‘सावधानी बिना आफैले बनाएका घरहरुका कारण धेरै मानिसहरुको ज्यान गएको पुष्टी भएको छ, सुरक्षित घर नै जोखिम न्यूनीकरणको प्रमुख आधार हो ।’ उनले त्यस बखत स्थानीय निकायललाई सरकारले जारी गरेको भवन निर्माण आचार सहिंता प्रभावकारी कार्यान्वयन गर्न निर्देशन दिए ।
जिल्ला विपद व्यवस्थापन समितिका अध्यक्ष पिताम्वर घिमिरेले वैशाख १२ को भूकम्पले खास क्षति नपु¥याए पनि कुनै बेला भूकम्प आइहालेमा दैलेख भूकम्पीय उच्च जोखिममा रहेकोले सावधानी अपनाउनु पर्ने आवश्यकता दर्शाए ।
त्यस अवसरमा प्रमुख जिल्ला इञ्जिनियर होमनाथ पौडेलले भूकम्प आफैमा विनासकारी नभएर हामीले बनाउने कमजोर भौतिक संरचनाले विनास निम्त्याएको बताए । उनले गत वैशाखमा गएको भूकम्पबाट क्षतिको सिकाइपछि सरकारले भवन निर्माण आचार सहिंता तयार पारेको प्रष्ट्याए । सरकारले व्यक्तिको जग्गाको भूबनौट र आवश्यकता अनुसार सुरक्षित घरका १७ वटा नमूना सार्वजनिक गरेको जानकारी गराए ।
त्रिभुवन उच्च माविकी छात्रा अमृता रेग्मीले वैशाख १२ को भूकम्पका पीडित परिवारलाई खाने गास अनि ओड्ने कम्बलसम्म दिन नसकेकोमा सरकारको आलोचना गरिन् । उनले बालबालिकाले पढ्न नपाएकोमा सरकारको यो कमजोरी भएको बताइन् ।
राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष मायाराम अधिकारीले भौतिक संरचनाको दोष मात्र नभएर भूकम्पीय जोखिम न्यूनीकरणको शिक्षा दिने अभिमुखीकरणको कमजोरीले पनि मानिसहरुको ज्यान गएको बताए । उनले भने ‘भूकम्प जाँदा खाट अथवा टेबुल मुनि बस्नु भनिएकै कारण कतिपय मानिस खेत बारीबाट दौडेर घरको खाट मुनि लुक्न गए अनि त्यही उनीहरुको ज्यान गयो, सिकाउने तरिका गलत भयो ।’
दैलेख सदरमुकामको गणेशचौकबाट व्यानर प्लेकार्ड सहित निस्केको प्रभातफेरी ¥यालीले नयाँबजार, देवकोटा चौक पुरानो बजार नारायण मन्दिर परिक्रमापछि टुडिखेल मैदानमा पुगी औपचारिक समारोहमा परिणत भएको थियो । त्यस बखत नेपाली सेनाको समरसुर गुल्म र जिल्ला प्रहरी कार्यालयका सुरक्षाकर्मीहरुले कार्यालयमा काम गर्दा, घर भित्र वा बाहिर खुला स्थानमा भूकम्प आएको बेला सुरक्षित बस्ने तरिका बारे अनुशिक्षण नमूना प्रदर्शन गरेका थिए ।
दैलेख सदरमुकाममा भएको कार्यक्रममा सामाजिक सेवा केन्द्र (सोसेक) नेपालले विभिन्न प्रचार प्रसार सामाग्री तयार गरि वितरण गरिएको थियो ।

प्रतिक्रिया