सुशासन सुधार हुदै आएको छ ः अध्यक्ष मल्ल

सुशासन सुधार हुदै आएको छ ः अध्यक्ष मल्ल

ज्वाला सन्देश सम्वाददाता
अखण्ड नेपाल पार्टी दैलेखका अध्यक्ष बीरबहादुर मल्लले बदलिंदो समय र सरकारका नीति तथा कार्यक्रमको प्रभावले सुशासनको अवस्था सुधार आएको बताउनुभएको छ । DDC Ilaka News
जिल्ला विकास समितिको कार्यालयद्वारा बिहीवार बेस्तडामा आयोजित इलाका स्तरीय योजना तर्जुमा गोष्ठीमा बोल्दै उहाँले भन्नुभयो ‘यही सुशासनको अभ्यास हो, योजना तर्जुमामा विपन्न तथा लक्षित समुदायको सहभागिता अनिवार्य गरिएको छ ।’
पगनाथ गाविसका सचिव उत्तम अधिकारीको अध्यक्षतामा भएको इलाका नंं ४ को इलाका स्तरीय योजना तर्जुमा गोष्ठीमा योजना छनौट प्रक्रिया र प्राथमिकीकरण विषयमा जिविसका लेखा अधिकृत मुक्तिप्रसाद चपाईले प्रकाश पार्नुभएको थियो ।
कार्यक्रममा लेखापाल चित्र खनाल, पत्रकार अमर सुनार र सुशासनकर्मीले सहजीकरण गर्नुभएको थियो । गोष्ठीका सहभागीहरुले अघिल्ला वर्षहरुमा इलाकामा तयार पारिएका भन्दा बाहेकका योजना जिविसका कर्मचारी र राजनीतिक दलहरुले पारेको भनी आपत्ति जनाएका थिए ।

प्रतिक्रिया