नगरपालिका कार्यकारीलाई चौबीस घण्टे !

नगरपालिका कार्यकारीलाई चौबीस घण्टे !

अमर सुनार
दैलेख, माघ ८ – दैलेखको नारायण नगरपालिकाका कार्यकारी अधिकृत भक्तबहादुर मल्ल २४ घण्टे कारवाहीमा पर्नुभएको छ । संघीय मामिला तथा स्थानीय विकास राज्यमन्त्री कुन्तीकुमारी शाहीको आदेशमा वाहेकका काम गर्न थालेको भन्दै २४ घण्टामा मन्त्रालयमा हाजिर हुन शुक्रवार भनिएको हो । narayan
नगरपालिकाको रिक्त सवओभरसियर पदमा नेपाली काँग्रेसको सिफारिसमा बिनय गुरुङ्गलाई नियुक्ति दिएको विषयमा ‘नियुक्ति बदर गर्न’ राज्यमन्त्री शाहीको आदेश नमानेको भन्दै मन्त्रालय प्रशासनले कार्र्यकारी अधिकृत मल्ललाई मन्त्रालयमा हाजिर हुन लिखित पत्र आएको हो ।
संघीय मामिला तथा स्थानीय विकास राज्यमन्त्री कुन्तीकुमारी शाहीले गृह जिल्ला दैलेखमा आफू सम्वद्ध राप्रापा नेपालका कार्यकर्तालाई स्थानीय निकायमा नियुक्त गर्न र श्रोतहरु बाँड्न स्थानीय निकायका अधिकारीहरुलाई बढी दवाव दिएको आरोप छ । यस बारे राज्यमन्त्री शाहीको टिप्पणी माग्न पटकपटक टेलिफोन सम्पर्क गर्दा सम्पर्क हुन सकेन ।

प्रतिक्रिया