तरकारी खेतिले लोहोरे वेस्तडा खण्ड हरियै हरियो

तरकारी खेतिले लोहोरे वेस्तडा खण्ड हरियै हरियो

ज्वाला सन्देश सम्वाददाता
लोहोरे देखि बेस्तडा सम्मको सडक खण्ड यतिवेला तरकारी खेतिले हरियै हरियो भएको छ । कृषक व्यवसाय पाठसालावाट तरकारी खेती सम्वन्धीको ज्ञान हाँसिल गरेका यूवाहरुले तरकारी खेतीको व्यवसाय सुरु गरे पछि त्यो क्षेत्र हराभरा भएको हो । ग्रमिण पहुँच तेस्रचरणको आर्थिक सहयोग र हेल्भेटास स्वीसइन्टरको अपरेशनको कार्यान्वयनमा सामाजिक सेवा केन्द्र (सोसेक), नेपालले संचालन गरेको सामाजिक आर्थिक विकास कार्यक्रम अन्तरगत त्यस भेकका कृषानहरुलाई कृषक पाठसालाको माध्याम वाट व्यवसायिक सिप र आवास्यक पुर्वाधार सहित प्राविधिक सहयो प्रदान भए पछि तरकारी कृषानहरु तरकारी खेतीमा आकर्षित भएका हुन् ।

तरकारी सिचाईको लागि प्लाष्टिक पोखरी निर्माण
तरकारी सिचाईको लागि प्लाष्टिक पोखरी निर्माण
पुर्ण वहादुर खत्रीको तरकारी खेतिमा सयुक्त अनुगमन टोली
पुर्ण वहादुर खत्रीको तरकारी खेतिमा सयुक्त अनुगमन टोली
कृर्षकको उत्पादित वस्तु महादेव कृषी उपज संकलन केन्द्र हुलाकटाकुरामा तरकारी किन्दै वटुवाहरु
कृर्षकको उत्पादित वस्तु महादेव कृषी उपज संकलन केन्द्र हुलाकटाकुरामा तरकारी किन्दै वटुवाहरु
पासपोर्ट वाकसमा राखी तरकारी खेतिमा वार्नेका युवाहरुको तरकारी खेति र गुम्वज
पासपोर्ट वाकसमा राखी तरकारी खेतिमा वार्नेका युवाहरुको तरकारी खेति र गुम्वज

सडक खण्ड आसपासका जमिनमा बन्दा, फुलगोवी, फर्सी, केराउ लगाएतका वेमौसमी तरकारीहरु हरियै देखिन्छन भने नयाँ विउ रोपिएका प्लाष्टिक टनेलहरु पनि सेतै छन् । हिजो उजाड लाग्ने त्यो क्षेत्र एक्कासी परिवर्तन भएको देख्दा त्यो रुट हिड्ने जोकोहीलाई पनि गरे हुँदो रहेछ भन्ने जागृत भावन जाग्छ । विदेश जान पासर्पोट वनाएर तम तयार भएका ८ जना यूवाहरु तरकारी खेतीमा लागेको पगनाथ ७ का यूवा खगेन्द्र अधिकारीले बताए । उनि भन्छन्–विदेश गएर २०÷२५ हजार कमाउनु र यहाँ बसेर १०÷१२ हजार कमाउनु उस्तै हो त्यसैले आफ्नै स्थानीय ठाउँमा तरकारी खेतीमा संलग्न भयौँ । अहिले १०÷१२ हजार भए पनि पासपोर्ट बाकसमा राखेर तरकारी खेतीमैै व्यवसायिक वन्ने चाहना छ, व्यवसायिक रुपमा अगाडी वढियो भने कसो ५०÷६० हजार नकमाइएला र पगनाथ ७ का अर्का यूवा मोहन थापाले भने । उनि थप्छन विदेशमा खर्च हुने श्रम र कामको प्रकृतिका बारेमा विदेश गएका साथी भाई हरुको अनुभव सुन्दा विदेश नजाने र यही व्यसायिक वन्ने इच्छा जाग्यो ।
कार्यक्रमले तरकारी खेतीमा सलग्न कृषानहरुका लागि ३ वटा सिचाई पोखरी निर्माण गरिदिएको छ भने व्यवसायिक तरकारी खेती सम्वन्धी प्राविधिक तालिम र स्थानीय व्यवसाय सेवा प्रदायक मार्फत वजारको मागमा आधारित तरकारी सम्वन्धीका विउविजनहरु पनि उपलब्ध गराएको छ । पगनाथ ९ हुलाक टाकुरामा वनेको सिचाइ पोखरीले १४ रोपनी तरकारी खेतीको जमिनमा सिन्चीत गरिरहेको छ भने पगनाथ १ साँगुतडामा निर्मित भैरव स्थान सिचाइ पोखरीले १५ रोपनीलाई सिन्चीत गर्छ । पगनाथ १ वेस्तडामा निर्मित सिचाइ पोखरीले पनि ४.९ हेक्टर जमिनलाई सिन्चीत गरिरहेको सोसेक कार्यक्रम अधिकृत रत्नप्रशाद चौलागाईले बताए । त्यस्तै पगनाथ ९ हुलाकटाकुरा र पगनाथ १ वेस्तडामा वजार व्यवस्थापन समितिको मातहतमा चल्ने गरि २ वटा कृषि उपज संकलन केन्द्र समेत कार्यक्रमले स्थापना गरिरहेको छ । संकलन केन्द्रवाट दिनहु वेस्तडा, दैलेख खण्डका स्थानीय वजार र सुर्खेत सम्म तरकारीहरु गइरहेको महादेव कृषि उपज संकलन केन्द्रका अध्यक्ष रत्नबहादुर थापाले बताए । संकलन केन्द्र र सिचाई पोखरी स्थापना भएका क्षेत्रमा २ वठा कृषक पाठसाला समेत छन् । जुन पाठसाला वाट ४० जना कृषानहरुले कृषि उपज उत्पादन प्रविधि, वजारको माग विश्लेषण, लागत लाभ विश्लेषण र मुल्य श्रृंखला पात्रहरुको भुमिका सम्वन्धीको ज्ञान पाएर व्यासायिक तरकारी खेती गरिरहेका छन् । तरकारी खेती वाट दैनिक जिविकोपार्जनका चिज वस्तुहरु खरिद गर्न र वालवालिकाहरुको सामान्य पढाइ खर्चमा राम्रो सहयोग पुगेको पगनाथ १ की सपना खड्काले बताइन् । उनि भन्छिन् व्यवासय सम्वन्धी सामान्य जानकारी नहुँदा जागर नचल्दो रहेछ, आर्कषण वढाउन र जागर चलाउन सामान्य ज्ञान हुनै पर्दो रहेछ, अहिले यहाँका १८ जना महिला दिदिवहिनीहरु तरकारी खेती मै लागि परेका छौ । त्याहाँका महिलाहरु अहिले तरकारी खेतीलाई नै व्यवसायिक रुपमा कसरी अगाडी वढाउने भन्ने विषयमा सामुहिक छलफल पनि गर्दै छन् । कार्यक्रमले गरिरहेका यस्ता गतिवीधिहरुको अनुगमन र अवलोकनका लागि जिल्ला वाट गएको सयूँक्त अनुगमन टोलीले त्यहाँका किसानहरुले चलाएको जागर र तरकारी खेती प्रतिको व्यवसायिक्तालाई उच्च मुल्यांकन गर्दै आवास्यक अन्य समस्यामा साथ दिने बताएका थिए । अनुगमनमा जिल्ला स्थित सरकारी कार्यालयका प्रमुख प्रतिनीधि, राजनीतिक दल र संचारकर्मीहरु सहित संचालक संस्थाहरुका प्रमुखहरु थिए ।

प्रतिक्रिया