बाणिज्य बैंक दैलेख शाखा यसपटक पनि तेश्रो

बाणिज्य बैंक दैलेख शाखा यसपटक पनि तेश्रो

राष्ट्रिय बाणिज्य बैंकको दैलेख शाखा यस वर्ष पनि उसको कार्य प्रगतिका आधारमा तेश्रो स्थानमा निरन्तरता पाएको छ । बैंकको ५१ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा शाखा प्रवन्धक बिष्णुप्रसाद पोखरेलले २ करोड ५९ लाख रुपैंयाँ मुनाफा कमाउदै अघिल्लो वर्ष झै तेश्रो स्थान प्राप्त गरेको जानकारी दिनुभयो । JCI Dilekh (3)
शाखा प्रवन्धक पोखरेलले दैलेख शाखाले आर्थिक वर्ष २०७१÷०७२ अवधिमा ६६ करोड ८३ लाख निक्षेप संकलन र ३६ करोड २ लाख रुपैंयाँ कर्जा लगानी गरेको बताउनुभयो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पिताम्वर घिमिरेले बाणिज्य बैंकलाई सेवाग्राही मैत्री र आधुनिक प्रविधियुक्त बनाउन सुझाव दिनुभयो । उहाँले खुला प्रतिस्पर्धात्मक अर्थ नीतिलाई अवलम्वन गरेकै कारण बाणिज्य बैंकले सेवाग्राहीको बिश्वास जितेको बताउनुभयो ।
त्यस बखत दैलेख उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष दानबहादुर थापाले संकटको बेला साथ दिएको कारण सरकारी स्वामित्वको राष्ट्रिय बाणिज्य बैंकलाई व्यापारीहरुले पनि सहयोग गरिरहेको प्रष्ट पानुभयो ।

प्रतिक्रिया