पशु, कृषि संयूक्त हाटबजार सुरु

पशु, कृषि संयूक्त हाटबजार सुरु

 गोविन्द केसी

दैलेख माघ ११ – जिल्लामै पहिलो पटक बेलपाटामा पशु तथा कृषिको संयुत हाटबजार तथा सेवा प्रदान गरिएको छ । बेलपाटामा पशु स्वास्थ्य शिविर, कृषि तथा पशु उपज हाट बजार सुरु गरिएको हो ।

 पशु उपचारका लागि औषधी लिन आएका किसानहरु
पशु उपचारका लागि औषधी लिन आएका किसानहरु

बेलपाटा दुग्ध उत्पादन सहकारी संस्था, सामुदायिक कृषि तथा पशु सेवा केन्द्र, हाट बजार ब्यवस्थापन समितिको आयोजनामा उक्त हाट बजार भएको हो । हाट बजारमा पशुहरुको विमा, उपचार र विक्रि गरिएको थियो । त्यस्तै कृषि बस्तुहरुको प्रर्दशनी तथा विक्रि पनि गरिएको स्थानीय आयोजक संस्थाका सदस्य दिपक पराजुलीले बताए । जिल्ला पशु सेवा कार्यालय, जिल्ला कृषि विकास कार्यालय, कृषि वन वातारण समिति बेलपाटा, सामाजिक आर्थिक विकास कार्यक्रम, हेल्भेटास, ¥याप – ३ को सहयोग तथा समवन्यमा हाटबजार भएको हो । कार्यक्रममा जिल्ला पशु सेवा कार्यालय दैलेखका प्रमुख अमृतकुमार मास्केले गुणात्मक र उत्पादनशिल पशुहरु पाल्नुपर्ने बताए । łपशुहरुको क्रृतिम गर्भाधारण तथा नशा सुधार गरेमा उत्पादन राम्रो हुन्छ । “कार्यालय प्रमुख मास्केले भने, łमासु तथा दुध उत्पादनका लागि उन्नत प्रविधि अपनाउनुहोस् ।”

प्रतिक्रिया