आइएमईले दियो छात्रवृत्ति

आइएमईले दियो छात्रवृत्ति

 दैलेख, ग्लोबल आइएमईले दैलेखका एक विपन्न विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । गोगनपानीस्थित दुर्गादेवी प्रावि कक्षा ४ मा अध्ययनरत भुवन केसीलाई आइएमईले ‘आकांक्षा छात्रवृत्ति’ दिएको हो । IME Photoआइएमईका क्षेत्रीय प्रमुख जगदिश शाहले विद्यालयमा आयोजित कार्यक्रममा १० हजार रुपैंयाको चेक प्रदान दिएका हुन् । विद्यालयको सिफारिसमा आकांक्षा फाराम भरेका मध्येबाट भुवनलाई छनौट गरिएको आइएमई सेन्टर मनकामना इन्टरप्राइजेज दैलेखका सञ्चालक सनोज कायस्थले बताए । ग्लोबल आइएमईले पहिलो पटक ‘आकांक्षा छात्रवृत्ति’ वितरण गरेको हो ।

प्रतिक्रिया