प्रहरीलाई बालअधिकार अभिमुखीकरण

प्रहरीलाई बालअधिकार अभिमुखीकरण

ज्वालासन्देश सम्वाददाता
दैलेख, १५ माघ – जिल्ला प्रहरी कार्यालय दैलेख र मातहतका इकाईका मुद्दा हेर्ने प्रहरी कर्मचारीलाई बालअधिकार सम्वन्धी १ दिने अभिमुखीकरण गरिएको छ । सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल, दैलेखद्धारा सेभ द चिल्डे«नसंगको साझेदारिता संचालनमा रहेको एकीकृत परियोजना अन्तरगत सो अभिमुखीकरण गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय प्रमुख डिएसपि वीर वहादुर वली सहजीकरण गर्दै
जिल्ला प्रहरी कार्यालय प्रमुख डिएसपि वीर वहादुर वली सहजीकरण गर्दै
सेभ द चिल्ड्ेन कार्यक्रम अधिकृत विनु श्रेष्ठ कार्यक्रममा सहजीकरण गर्दै
सेभ द चिल्ड्ेन कार्यक्रम अधिकृत विनु श्रेष्ठ कार्यक्रममा सहजीकरण गर्दै

महिला तथा बालबालिका सम्बन्धी प्रचलित कानूनी व्यवस्था विषयमा प्रहरी नायव उपरीक्षक बीरबहादुर ओली, बालअधिकार र बालसंरक्षण सन्दर्भमा एकीकृत परियोजनाका परियोजना संयोजक रत्न बुढा, घरेलु हिंसा सम्बन्धी कानुनी व्यवस्था विषयमा सेभ द चिल्डे«नेका बाल संरक्षण अधिकृत बिनु श्रेष्ठ र पीडित बालबालिका तथा महिलालाई मनोसामाजिक विमर्श विषयमा मनोविमर्शकर्ता पार्वती बिसुन्केले सहजीकरण गर्नुभएको थियो ।
सहभागी प्रहरी कर्मचारीहरुले अभिमुखीकरणबाट प्रचलित ऐन कानुनका विषयमा जानकारी भएको र यसले आफ्नो दैनिक कार्यसम्पादनमा थप सहयोग हुने बताएका छन् ।
जिल्ला प्रहरी कार्यालयको महिला तथा बालबालिका सेवा केन्द्रको समन्वयमा भएको अभिमुखीकरणमा जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालयहरु र विभिन्न प्रहरी चौकीमा मुद्दा सम्वन्धी काम गर्ने जुनियर प्रहरी अधिकृत र पदिक समेत ३२ जना प्रहरी कर्मचारीको सहभागिता थियो ।

प्रतिक्रिया