बालविवाह न्यूनीकरण कार्यक्रम १० गाविसमा

बालविवाह न्यूनीकरण कार्यक्रम १० गाविसमा

ज्वाला सन्देश सम्वाददाता
दैलेख, माघ १७ – जिल्ला बाल कल्याण समिति दैलेखले जिल्लाका १० गाविसमा बालविवाह न्यूनीकरण सम्वन्धी कार्यक्रम गर्ने भएको छ । समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी पिताम्वर घिमिरेको अध्यक्षतामा आज बसेको बैठकले बढी बालविवाह हुने १० गाविस छनौट गरेको हो ।20160131_155406[1]
दैलेखमा अधिक बालविवाह भएका बालुवाटार, द्वारी, कालिका, नौमूले, लकान्द्र, भैरीकालिकाथुम, सिंहासैन, तिलेपाटा, चामुण्डा गाविस र नारायण नगरपालिकाको वडा नंं. ६ मा बालविवाह न्यूनीकरण सम्वन्धी जनचेतना मूलक कार्यक्रम गर्ने बैठकले निर्णय गरेको छ ।
राष्ट्रिय जनगणनाको तथ्याँक अनुसार दैलेखमा २० वर्ष नपुग्दै ३२ दशमलव २५ प्रतिशतले बालविवाह गरेका छन् । जसको संख्या ८४ हजार ४ सय २४ जना छ । जवकि जिल्लाको कुल जनसंख्या २ लाख ६१ हजार ७ सय ७० छ ।

प्रतिक्रिया