अपराध अनुसन्धान तालिम सम्पन्न

अपराध अनुसन्धान तालिम सम्पन्न

जिल्ला प्रहरी कार्यालय दैलेखले मुद्दा शाखा र इलाका तथा प्रहरी चौकीमा मुद्दा हेर्ने प्रहरी कर्मचारीको लागि सञ्चालन गरेको अपराध अनुसन्धान तथा नियन्त्रण सम्वन्धी १ हप्ते तालिम आज सम्पन्न भएको छ ।
जुनियर प्रहरी अधिकृत तथा पदिकहरुका लागि सञ्चालन भएको तालिममा प्रहरी नायव उपरीक्षक बीरबहादुर ओली, प्रहरी निरीक्षकहरु रेवतीरमण पोखरेल, मोहनबहादुर बुढथापा, अधिवक्ताहरु सुरेन्द्र अधिकारी, दीपेन्द्र थापा लगायतले अपराध अनुसन्धान पद्धति र सरकारवादी मुद्दाको प्रमाण प्रभावकारिता विषयमा प्रशिक्षण दिनुभएको थियो ।

प्रतिक्रिया