लैङ्गिक समानता सम्बन्धी तालिम सम्पन्न

लैङ्गिक समानता सम्बन्धी तालिम सम्पन्न

सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेख र ग्रामीण विकास तथा पर्यावरण संरक्षण मञ्च (भीडीसेफ) कालिकोटद्वारा सञ्चालित ‘सामाजिक आर्थिक विकास कार्यक्रम’का कर्मचारी र संस्थाका पदाधिकारीहरुलाई लैङ्गिक समानता, सामाजिक सामाबेशीकरण तथा गरीबी न्यूनिकरण सम्बन्धी ३ दिने तालिम आइतवार दैलेखमा सम्पन्न भएको छ ।GESIP (2) GESIP (1)
ग्रामीण पहँुच कार्यक्रम तेस्रो चरणको आर्थिक सहयोग र हेल्भेटास स्वीसइन्टरकोअपरेसन नेपालको कार्यान्वयन सहयोगमा भएको सो तालिममा भिडीसेफ कालिकोटका सामाजिक आर्थिक विकास कार्यक्रमका ११ कर्मचारीहरु, सोसेक दैलेखका ४ पदाधिकारी तथा ६ कर्मचारी र सरोकारवाला सरकारी निकायानरु कृषि, वन, महिलातथावालबालिका कार्यालयका प्रतिनिधि समेत २७ जनाको सहभागिता थियो ।
तालिममा हेल्भेटास स्वीस इन्टरकोअपरेसन नेपालको सुरक्षा तथा लैंगिक समता सिनियर कार्यक्रम अधिकृत सृजना श्रेष्ठ, दैलेखका प्रहरी प्रमुख डीएसपी बीरबहादुर ओली र ग्रामीण पहुँच कार्यक्रम दैलेखका निमित्त टिम लिडर दिपक ढकालले सहजीकरण गर्नुभएको थियो ।

प्रतिक्रिया