सम्भावना भएपनि विकासमा पछि प¥यो रानीवनको तुल्ता

सम्भावना भएपनि विकासमा पछि प¥यो रानीवनको तुल्ता

ज्वाला सन्देश सम्वाददाता
दैलेख,माघ १८ गते । अछाम रानीवन –२ तुल्ताका ६६ वर्षिय धोजबहादुर सावदले २०३९ सालमा प्रधानपञ्च हुनुभयो । नेपालमा २०४६ को जनआन्दोलनपछि २०५४ को स्थानीय निकायमा चुनावमा गाविसको अध्यक्षमा विजय हुनुभयो ।

कर्णाली राजमार्गबाट देखिएको अछाम रानीवन तुल्ताको बस्ती । यो वस्तीमा होमस्ट सञ्चालन भएमा आन्तरिक वाह्य पर्यटकको मुख्य आर्कषण हुने विश्वास रहेको छ ।
कर्णाली राजमार्गबाट देखिएको अछाम रानीवन तुल्ताको बस्ती । यो वस्तीमा होमस्ट सञ्चालन भएमा आन्तरिक वाह्य पर्यटकको मुख्य आर्कषण हुने विश्वास रहेको छ ।

तर विडम्बना दुई पटक गाविसको नेतृत्वमा भएपनि विकास निर्माणमा आफुले गाउँ विकास समितिलाई केही गर्न नसकेको उहाँ सँग तितो अनुभव छ । तुल्ता रानीवन गाविसको पर्यटकीय र रमरणीय ठाउँ हो । तलतिर कर्णाली नदी माथितिर वनजंगल र गाउँबाट कालिकोटको सदरमुकाम माथि डाँडाकाँडामा परेको हिउँको दृश्य अवलोकन सजिलै गर्न सकिन्छ । सिलेटको छाना गुजमुज र परम्परागत शैलीमा निर्माण गरिएका घर कर्णाली राजमार्गको दैलेख सडकखण्डको टुनिवगरबाट हेर्दा बजारजस्तो देखिन्छ । गाउँको बारे कम ज्ञान भएका कर्णाली राजमार्गका सवारी यातायातका साधनमा सवार हुने अधिकाँश यात्रीले गाउँका चर्चा परिचर्चा समेत गर्ने गरेको दैलेख टुनीवगरका गोकर्ण शाहीले बताउनुभयो । कति यात्रीले त जग्गा विक्रि गर्छनकी भनेर सोधेको उहाँको भनाई छ । गाउँमा क्षेत्री ठकुरी,दलित परिवारको बसोबास रहेको छ । माझीकै बाहुल्यता बढी छ ।
कर्णाली राजमार्ग ट्रयाक नखोल्दा सम्म कर्णालीबासीन्दा हाट प्रदेश जानको लागि मुल बाटोको रुपमा रहेको थियो रानीवनको तुल्ता । बजार जस्तै । तुल्ताको आफनै पहिचान छ । धेरै तोरी उत्पादन हुने भएकाले तुल्ता भनिएको बुढापाका भनाई छ । चिसोको सिजनमा जुम्लाबाट भेडा,घोडा लिएर जुम्ली त्यहाँ आएर बास वस्ने गरेको सोही गाविसका ज्वालसिंह बुढाले बताउनुभयो । भेडाको मलले त्यतिवेला धेरै तोरी उत्पादन हुन्थ्यो । आजभोली हिउँदमा पानी पर्न छाड्यो । झनै यसपाली त कम उत्पादन हुने बुढाले जानकारी दिनुभयो ।
तर तुल्ता सुनसान छ । कारण कर्णाली राजमार्ग सञ्चालनले गर्दा कोही नआएको स्थानीयबासीको बुझाई छ । राजमार्गका यात्रा गर्न यात्रीले रानीवनलाई राम्रो मानेपनि कर्णाली नदीमा पुल नहुँदा इच्छा पुरा नभएको सुर्खेतकी प्रतिमा मल्लाले बताइन । वारीदेखी हेर्दा राम्रो छ । के गर्ने नदी पुल छैन । नदी वारपारको लागि डुंगा रहेछ । अधिकाँश यात्री जोखिम यात्रा गरेर जान सक्दैन । पुल भएमा सबैले रानीवनको तुल्ता हेर्ने चाहाना पुरा हुँदो हो । तर आफुले पुल माग गर्दा गर्दै बुढो भइयो अहिले सम्म पुल वन्न नसकेको जंगबहादुर शाहीको गुनासो छ । राजमार्गको ट्रयाक खोल्दा आफुलाई पनि राहत हुने महसुस गरेका तुल्ताबासीमा निराशा छाएको छ । यातायातका साधन राजमार्गमा गुडेको देख्दा आफ्नो ठाउँमा केहीले आउने भनेर मुख मिठ्याउने गरेको वेलदेवी साउदले बताउनुभयो । गाडीका क्या सपना देख्न्या । खानेपानी नै छैन् । पिउने पानी नहुँदा नदीको पानी पिउने गरेका छौं । उहाँले भन्नुभयो,क्या अन्र्या ः “फेदउनो कर्णाली वग्दो रैगो पानी तिर्खा”। कोही आफन्त वा नातेदारलाई भेट्न आएका बाहेक अन्य बाहिरीय मान्छे कोही आएका छैन,झनछरी सावदले बताउनुभयो । माघको पहिलो साता डेनमार्कका विदेशी पर्यटकले राम्रो गाउँमा कोही आउँछ की भनेर प्रश्न गर्दा जवाफ थियो “नाई” । उहाँ नै पहिलो विदेशी पर्यटक ।
गाउँमा आम्दानी नहुने,काम नपाइने हुँदा अधिकाँश पुरुष जीविका चलाउनको लागि भारतको बम्बै सिम्ला र कालापहाड जान्छन् । खेती लगाउन मात्र गाउँ आउँछन् । कोही पाँच छ वर्षको एकपटक आउने गरेको वेलदेवी साउदले जानकारी दिनुभयो । नेपाल सरकारले तत्काल दैलेखको ६ सिगौडी रानीवन जोड्ने कर्णाली नदीमा पुल बनाए । त्यहाँ होमस्टे सञ्चालन गरि आयआर्जन बृद्धि हुने अछामका पत्रकार शिवराज ढुंगानाले टेलिफोनबाट बताउनुभयो । त्यसको लागि दुर्गमका लागि सरकारले होटल सञ्चालनको लागि ऋण उपलब्ध गराउनुपर्ने स्थानीयको माग रहेको छ ।

प्रतिक्रिया