राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता सुरु

          |   प्रकाशित मितिः शनिबार, माघ २३, २०७२     ::: 462 पटक पढिएको   |  

गोविन्द केसी
दैलेख, माघ २१ – निर्वाचन क्षेत्र स्तरिय अन्तरमाध्यामिक विद्यालय आठौं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता दुल्लुमा सुरु भएको छ ।
प्रतियोगितामा क्षेत्र नम्वर २ का १४ वटा माध्यामिक विद्यालयहरुको सहभागिता रहेको छन् । प्रतियोगितामा भलिवलः छात्र÷छात्रा दुवै, एथलेटिक्सः १ सय मिटर, २ सय मिटर, ४ सय मिटर, सय मिटर, १५ सय मिटर र ३ हजार दौड छात्र÷छात्रा दुवै , रिले १³१००० मिटर, ४³४०० मिटर रिले र हाइजम्प, लङजम्प, ट्रिपल जम्प, सटफुट, ज्याभलिङ्क थ्रो छात्र÷छात्रा दुवै र कराते, तेक्वान्दो खेलहरु हुने जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।

मार्च पास गर्दै विभिन्न विद्यालयबाट आएका खेलाडीहरु

मार्च पास गर्दै विभिन्न विद्यालयबाट आएका खेलाडीहरु

मार्च पास गर्दै विभिन्न विद्यालयबाट आएका खेलाडीहरु

मार्च पास गर्दै विभिन्न विद्यालयबाट आएका खेलाडीहरु

प्रमुख जिल्ला अधिकारी पिताम्वर घिमिरेले निर्वाचन क्षेत्र राष्ट्रपति रनिङ शिल्कको उद्घाटन गरेका थिए । उद्घाटन कार्यक्रममा समसुर गुल्मका गुल्मपती सुर्यकान्त घिमिरे, दैलेख प्रहरी प्रमुख विरबहादुर वली, प्रहरी निरिक्षक मोहनजंग बुढथापा, खेलकुद विकास समितिका अध्यक्ष तिर्थनारायण श्रेष्ठ, क्षेत्रिय खेलकुद विकास समितिका सदस्य अर्जुनजंग शाही लगायत थिए । खेलकुद ३ दिनसम्म चल्नेछ । उद्घाटन समाहरोहमा राष्ट्रिय कलाकार सपना शाही लगायत स्थानीय कला केन्द्रबाट नृत्य तथा सांगितिक कार्यक्रमहरु देखाईएको थियो । कार्यक्रममा तेक्वान्दो र करोत खेलहरु प्रर्दशन गरिएको थियो ।



Leave a comment

Your email address will not be published.


*