कृषि व्यवसाय प्रवद्र्धन अन्तरक्रिया

कृषि व्यवसाय प्रवद्र्धन अन्तरक्रिया

दैलेख, माघ २५ – यूएसएआईडी÷किसान परियोजनाको आयोजनामा दैलेखस्थित लघुवित्त संस्था, बैंक, सहकारी संस्था, स्थानीय सेवा प्रदायक समूहवीच कृषि उत्पादकत्व बृद्धि र व्यवसाय प्रवद्र्धन विषयक अन्तरक्रिया कार्यक्रम आज दैलेख सदरमुकाममा सम्पन्न भएको छ ।USAID News
उक्त कार्यक्रममा ग्रामीण क्षेत्रमा लगानी बढाउने, कृषि प्रविधिको पहुँच, उत्पादकत्व बृद्धि र बजारीकरण विषयमा सहभागीहरुवीच छलफल भएको किसान परियोजनाका जिल्ला संयोजक दिपक काफ्लले जानकारी दिनुभयो ।
कार्यक्रममा जिल्ला कृषि विकास बैंकका शाखा प्रवन्धक धनराज शाही, छिमेकी बैंकका शाखा प्रवन्धक बिष्णुबाबु पन्त र निर्धन उत्थान बैंकका शाखा प्रवन्धक शैलेन्द्रकुमार पाण्डेले बैंकका लगानी प्राथमिकता, ऋण लिने प्रक्रिया लगायतका विषयमा प्रकाश पार्नुभएको थियो ।

प्रतिक्रिया