सिलाई महासंघमा युवराज

सिलाई महासंघमा युवराज

दैलेख, माघ २५ – नेपाल कपडा तथा सिलाई व्यवसाय महासंघको दोश्रो अधिवेशन आज दैलेख सदरमुकाममा सम्पन्न भएको छ । अधिवेशनबाट युवराज नेपालीको अध्यक्षतामा ११ सदस्यीय जिल्ला कार्यसमिति गठन गरेको छ ।
महासंघको उपाध्यक्षमा कौसिला नेपाली, सचिव नेत्रबहादुर रम्तेल, सहसचिव शान्ति नेपाली र कोषाध्यक्षमा प्रेमबहादुर बिशुन्के सर्वसम्मत चयन हुनुभएको छ । त्यसैगरी ६ जना सदस्यहरु पूर्णकला बुढामगर, प्रकृति थापा, अनिल नेपाली, लोकबहादुर नेपाली, टीका थापा र पहलबहादुर नेपाली रहनुभएको छ ।
उद्घाटन कार्यक्रममा नेपाल कपडा तथा सिलाई व्यवसाय महासंघका केन्द्रीय सदस्यद्वय कालिप्रसाद नेपाली र रामकृष्ण श्रेष्ठले व्यवसासिक सीप विकास र आपसी एकताको महत्व विषय प्रकाश पार्नुभएको थियो ।

प्रतिक्रिया