कोइरालाको निधनमा दैलेख शोकमग्न

कोइरालाको निधनमा दैलेख शोकमग्न

दैलेख, २७ माघ । महाधिवेशनको चटारो, उत्साह र कौतुहलता विच नेपाली काँग्रेसका सभापती एवं पुर्व प्रधानमन्त्री सुशिल कोइरालाको देहान्त भएपछि दैलेख काँग्रेश शोकमय भएको छ । sushilनेपाली काँग्रेशको दैलेख स्थित देवकोटा चोकमा शोक पुस्तिकामा जिल्ला स्थित शुभेच्छुक, नेता, विभिन्न पेशाकर्मी तथा कार्यकर्ताहरुले नेपालको प्रजातान्त्रीक आन्दोलनमा स्व. सुशिल कोइरालाको योगदान, संविधानसभाबाट जारी भएको ऐतिहासीक संविधान घोषणामा उनि प्रतिको धारणाहरुका बारेमा स्मरण गरिरहेका छन् । नेपाल न्यूज दैनिकका प्रतिनिधी शेरबहादुर थापासाग कुरा गर्दै काँग्रेश महाधिवेशन प्रतिनीधि एवं नेपाल महिला संघ कि जिल्ला अध्यक्ष सिता कुमारी रानाले आज साँझ सम्म करिब ८०० बढिले शोक पुस्तिकामा हस्ताक्षर गरिसकेका बताईन । उनले भनिन ‘ सिंगो दैलेख काँग्रेश यतिबेला शोकमग्न बनेको छ ।’ उनले आगामी फगुन ९ गते नेपाली काँग्रेश क्षेत्र नं २ ले श्रद्धाञ्जली समारोहको समेत आयोजना गर्ने कार्यक्रम रहेको बताइन् । उनले नेपाली काँग्रेशका थुप्रै नेता कार्यकर्ताहरु कोइरालाको अन्तिम संस्कारमा सहभागी हुन काठमाण्डौ गएको जानकारी दिइन ।

प्रतिक्रिया