प्रविधि सिकाउन किसानलाई भ्रमण

प्रविधि सिकाउन किसानलाई भ्रमण

दैलेख, माघ २८ – यूएसआईएडीको किसान परियोजनाले आफ्नो कार्यक्षेत्रका किसानलाई उन्नत प्रविधि सिकाउन दैलेखको बागवानी अनुसन्धान केन्द्र किमुगाउँको भ्रमण गराएको छ । बागवानी अनुसन्धान केन्द्रमा भइरहेका अन्न बाली, फलफूल र तरकारीको जात परीक्षण, उत्पादन, प्रविधि सञ्चारका विषयमा जानकारी गराउन आज त्यहाँ भ्रमण गराइएको हो ।
Visit USAID Kisan (2) Visit USAID Kisan (1)किसान परियोजनाका १८ गाविस मध्ये यो चरणमा बिन्ध्यवासिनी, बडाखोला र खरिगैराका २८ जना अगुवा किसान तथा स्थानीय सेवा प्रदायकहरुलाई तरकारी खेती र खाद्यन्न बाली लागि बीऊ बेर्ना उत्पादन, प्रसोधन, भण्डारण, कृषि प्रविधिका नयाँ तरिका र व्यवहारिक प्रयोग बारे प्रत्यक्ष सिकाउन सो भ्रमण कार्यक्रम गरिएको जिल्ला संयोजक दीपक काफ्लेले जानकारी दिनुभयो ।
त्यसबखत बागवानी अनुसन्धान केन्द्रका प्रमुख अमरबहादुर पुन, प्राविधिक अधिकृत ओमबहादुर ओली, प्रास कुमार सुबेदी लगायतले भ्रमणमा त्यहाँ पुगेका किसानहरुलाई सो केन्द्रले गरिरहेका अनुन्धान, प्रविधि प्रसार र समुदायसंगको समन्वय विषयमा सहजीकरण गर्नुभएको थियो ।

प्रतिक्रिया