दैलेखमा राष्ट्रपति रनिङ्ग शिल्ड उद्दघाटन

दैलेखमा राष्ट्रपति रनिङ्ग शिल्ड उद्दघाटन

ज्वाला सन्देश सम्वाददाता
दैलेख, माघ २९ – दैलेख सदरमुकाममा जिल्ला स्तरिय अन्तर माध्यामिक विद्यालय आठौं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको आज उद्दघाटन एक समारोह विच भएको छ । दुवै निर्वाचन क्षेत्र स्तरिय प्रतियोगिता सम्पन्न भएपछि जिल्ला स्तरिय आठौं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु भएको हो ।

आठौं जिल्ला स्तरिय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको औपचारिक उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी पिताम्वर घिमिरे
आठौं जिल्ला स्तरिय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको औपचारिक उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी पिताम्वर घिमिरे

प्रतियोगितामा निर्वाचन क्षेत्र नम्वर १ बाट २१ र क्षेत्र नम्वर २ बाट १५ माध्यामिक विद्यालयहरुको सहभागिता छन् । प्रतियोगितामा भलिवलः छात्र÷छात्रा दुवै, एथलेटिक्सः १ सय मिटर, २ सय मिटर, ४ सय मिटर, सय मिटर, १५ सय मिटर र ३ हजार दौड छात्र÷छात्रा दुवै , रिले १³१००० मिटर, ४³४०० मिटर रिले र हाइजम्प, लङजम्प, ट्रिपल जम्प, सटफुट, ज्याभलिङ्क थ्रो छात्र÷छात्रा दुवै र कराते, तेक्वान्दो खेलहरु हुने छन् । प्रमुख जिल्ला अधिकारी पिताम्वर घिमिरे र क्षेत्रिय खेलकुद विकास समितिका सदस्य अर्जुनजंग शाहीले राष्ट्रपति रनिङ शिल्डको उद्घाटन गरेका थिए । खेलाडीहरु उत्साहिका साथ खेल्न सहभागी भएका जिल्ला खेलकुद विकास समितिका अध्यक्ष तिर्थनारायण श्रेष्ठले बताए । उद्घाटन कार्यक्रममा खेलाडीहरुले खेल प्रर्दशन गरेका थिए भने, पंचकोशी ललितकला केन्द्र, स्टार डान्स क्लवका साथै स्थानीय कलाकारहरुले नृत्य तथा सांगितिक कार्यक्रमहरु देखाईएको थिए ।

प्रतिक्रिया